खुम्चियो एमाले | Khabarhub Khabarhub

खुम्चियो एमाले

शंकर पोखरेलको प्रतिक्रिया- षड्यन्त्रको अन्तिम भोज


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनमा सहभागी पाँच दल एक हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) खुम्चिएको छ।

बहुमतप्राप्त तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको एमालेको ओरालो यात्राको परिणाम राष्ट्रियसभा निर्वाचनमा देखिएको छ।

ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित बनेका नेताले बनाएको गठबन्धन सरकार नै एमालेका लागि घातक बनेको हो। पार्टी र सरकारमा एकाधिकार प्रयोग गरेको भन्दै पार्टीभित्र विद्रोह गरेका तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल नै एमालेलाई कमजोर बनाउने गठबन्धनका हर्ताकर्ता बने।

ओलीले पटकपटक संसद विघटन गरेपछि प्रचण्ड र नेपालकै प्रस्तावमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको हो। गठबन्धनले बुधबार राष्ट्रिय सभामा एमालेलाई तीतो हार चखाएको छ। १९ सिटका लागि भएको निर्वाचनमा एमालेले एक सिटमा चित्त बुझाउनु परेको छ।

प्रदेश १ बाट एक सिट जिते पनि समग्र परिणाम एमालेले गुमाएको हो। बुधबारको परिणामले एमालेले राष्ट्रिय सभाका सात सदस्य गुमाएको छ। एमालेले सात जना राष्ट्रियसभा सदस्य गुमाउँदा सत्तारुढ माओवादी केन्द्र ४, नेकपा एकीकृत समाजवादीको ४ र नेपाली कांग्रेसले ४ सिट जितेका छन्। गठबन्धनमा सहभागी जनमोर्चाले राष्ट्रिय सभामा ऐतिहासिक उपस्थिति जनाएको छ।

गठबन्धनले १९ पद भागबन्डा गरेर उम्मेदवार उठाउँदा लुम्बिनीबाट जनमोर्चाका तुलप्रसाद विश्वकर्मा उम्मेदवार बनेका थिए। चार जना मतदाता रहेको जनमोर्चाले राष्ट्रियसभामा प्रतिनिधित्वको ऐतिहासिक अवसर पाएको हो।

हारको मानसिकतामा आएका प्रतिक्रिया भन्दा पनि राष्ट्रिय सभामा सत्ता गठबन्धन एक भए पनि आगामी स्थानीय, प्रदेश र संघीय चुनावसम्म गठबन्धन कायम रहन्छ कि रहदैन भन्ने सवाल महत्वपूर्ण हुन्छ।

एमालेको ओरालो यात्रा र महासचिवको प्रतिक्रिया

गठबन्धन सरकार बनेसँगै एमालेको ओरालो यात्रा सुरु भएको हो। शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनले एमाले नेतृत्वका चार वटा प्रदेश सरकार ढालेको छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा एमालेको सरकार हटाएर गठबन्धनले बहुमतीय सरकार गठन गरेको छ। बुधबारको राष्ट्रियसभा चुनावले एमालेलाई थप धक्का दिएको छ। सनकको भरमा बहुमतप्राप्त प्रधानमन्त्रीले गरेको गलत निर्णयको भागिदार समग्र पार्टी बनेको छ।

अदालतको परमादेशबाट प्रधानमन्त्रीको कुर्सी खुस्किएका केपी ओलीले पार्टीको पराजयको सन्दर्भमा कुनै प्रतिक्रिया दिएका छैनन्। एमाले महासचिव शंकर पोखरेलले अब एमाले अझ सशक्त बन्ने दाबी गरेका छन्। जनतालाई आश्वस्त पार्न रक्षात्मक प्रतिक्रिया दिए पनि एमाले नेतृत्वले गठबन्धनसँग पराजित हुनुपर्ने कुरा राम्ररी बुझेको देखिन्छ।

महासचिव पोखरेलले चुनावी परिणामलाई जनादेश खण्डित गर्ने षड्यन्त्रको अन्तिभ भोज भनेका छन्। पार्टी महासचिवको छुद्र प्रतिक्रियाले एमालेको पराजित मानसिकतालाई प्रतिबिम्बित गरेको छ। ‘राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको छ’, पोखरेलले फेसबुकमा लेखेका छन्।

हारको मानसिकतामा आएका प्रतिक्रिया भन्दा पनि राष्ट्रिय सभामा सत्ता गठबन्धन एक भए पनि आगामी स्थानीय, प्रदेश र संघीय चुनावसम्म गठबन्धन कायम रहन्छ कि रहदैन भन्ने सवाल महत्वपूर्ण हुन्छ। यो राजनीतिक खेलमा एमाले अब मैदान छिरेर गठबन्धन भत्काउने प्रयासमा लाग्ने कुरालाई नकार्न सकिन्न।

गठबन्धनमा भन्दा एक्लै चुनाव लड्दा फाइदा हुने आवाज काँग्रेसमा चर्को रुपमा उठेको छ। यसको फाइदा भने एमालेले उठाने देखिन्छ। गठबन्धनलाई निरन्तरता दिने विषयमा माओवादी, नेकपा (एस) र जनमोर्चा एकठिक्का रहे पनि कांग्रेसको संस्थापन इतर समूह यसको विरोधमा छ। यो विषयमा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा भने मौन छन्। आगामी चुनावमा एमालेले यसको फाइदा उठाउने दाउमा देखिन्छ।

राष्ट्रिय सभामा एमालेलाई क्षति

राष्ट्रिय सभाको चुनावले एमालेलाई ठूलो क्षति भएको छ। राष्ट्रिय सभामा तत्कालीन नेकपा झण्डै दुई तिहाई नजिक थियो। पछिल्लो निर्वाचनपछि एमाले अध्यक्षबाहेक राष्ट्रिय सभामा १६ सिटमा झरेको छ।

ठूलो पराजयले पनि राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको एमाले गठबन्धनसँग कमजोर बनेको हो। एमाले १६ सिटमा झर्दा सत्ता गठबन्धने करिब दुई तिहाई जुटाएको छ। प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत कायम नै छ।

राष्ट्रिय सभामा अब एमाले १६, माओवादी १५, नेपाली काँग्रेस १०, समाजवादी ८, जसपा ३, लोसपा १, जनमोर्चा १, स्वतन्त्र १ र मनोनित दुई जना रहेका छन्। अब १ जना भने मनोनित हुन बाँकी छ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ७ : १८ बजे

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

कास्की –जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली

महानवमी : विधिपूर्वक गरियो सिद्धिदात्री देवीको पूजा आराधना

काठमाडौं – आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा

सौतेनी भाइ भारतीय रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई । एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष

काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत

चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु

बेइजिङ– चीनको राजधानी बेइजिङमा ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा