कन्चनपुरमा अब फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढ्ने « Khabarhub

कन्चनपुरमा अब फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढ्ने


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कन्चनपुर – शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको छ ।

बुधबार सरकारले वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अगाडी बढने भएको हो। वन तथा वातावरण मन्त्रालयले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

‘मन्त्रालयले सामुदायिक वन क्षेत्रको जग्गामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति प्रदान गर्दा तीन वर्षदेखि काम अलपत्र परेको थियो’, उनले भने, ‘सामुदायिक वनको नौ विघा १० कट्टा जग्गामा रु ३० करोडको लागतमा केन्द्र निर्माणका लागि बाटो खुलेको छ, चाँडै ठेक्का प्रक्रियामार्फत निर्माणको काम अगाडी बढ्छ ।’

सामुदायिक वनले केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरे पनि डिभिजन वन कार्यालयले नेपाल सरकारबाट जग्गाको भोगाधिकार नआउँदासम्म फोहर व्यवस्थापन केन्द्र निर्माणको कार्य गर्नमा अवरोध गर्दै आएको थियो ।

जग्गाको भोगाधिकार प्राप्त गर्नाका लागि मन्त्री परिषद्को बैठकको निर्णय मात्र वैधानिक हुने तर नगरपालिकाले यस्तो वैधानिकता प्राप्त नगरेको भन्दै निर्माणका गतिविधि हुन दिइएको थिएन । सो केन्द्र निर्माणका लागि माटो परीक्षण र प्रारम्भीक वातावरणीय परिक्षण तथा वातावरणीय प्रभाव मूल्याङकनको कार्य यस अघि नै गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ७ : ५९ बजे

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

राजनीतिक अस्थिरताका कारण नेपालको सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या देखियो

काठमाडौं– आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा