अफ्रिकी कप अफ नेसन्स : इजिप्ट र गिनी क्वाटरफाइनलमा « Khabarhub

अफ्रिकी कप अफ नेसन्स : इजिप्ट र गिनी क्वाटरफाइनलमा


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

अब इजिप्टले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति नै ​मालावीलाई २-१ गोल अन्तरले हराउँदै मोरोक्को अन्तिम आठमा पुगिसकेको छ ।

मालीलाई सडनडेथमा पराजित गर्दै गिनी अन्तिम आठमा प्रवेश गरेको छ । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा समेत खेलको नतिजा छिनोफानो नभएपछि पेनाल्टी भएको थियो ।

पेनाल्टी समेत ३-३ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो । जहाँ गिनीले बाजी मारेको हो । अब गिनीले अन्तिम चार प्रवेशका लागि सेनेगलको सामना गर्नेछ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ७ : ४६ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई