घरभित्रै निसास्सिएर काठमाडौँमा दुई जनाको मृत्यु « Khabarhub

घरभित्रै निसास्सिएर काठमाडौँमा दुई जनाको मृत्यु


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिका ३ बोझेनीमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।

गए राति आफ्नै घरमा आगो बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षिया फुलमाया थिङको मृत्यु भएको हो ।

घरमै कोइला बालेर सुतेका उनीहरूको बिहान मृत्यु भएको साँखु प्रहरी चौकीले जनाएको छ ।

बिहान उनका छोराले प्रहरीलाई खबर गरेपछि अहिले घटनास्थल पुगेको टोलीले थप अनुसन्धान थालेको छ ।

केही दिनअघि भक्तपुरमा पनि घरभित्रै आगो बालेर सुतेका दम्पती गम्भीर बिरामी पर्दा ३ महिनाका छोराको निसास्सिएर मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १० : ०० बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको