डेढ दशकमा झापामा १३ जंगली हात्ती मरे « Khabarhub

डेढ दशकमा झापामा १३ जंगली हात्ती मरे


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– २०६२ सालयता झापामा १३ जंगली हात्ती मरेका छन् । झापाको विभिन्न वनमा रहेकामध्ये १३ वटा जंगली हात्ती मरेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी ओमनाथ भट्टराईले जानकारी दिए । ‘सबै हात्ती कालले नै मरेको देखिन्छ । केही जंगलमा मृत अवस्था भेटिएका छन् । केही भने खेतको दहमा भासिएर पनि मरेका छन्,’ उनले भने ।

झापाको मागुरमाणी, तेलपानी, वबहुवन, तेलपानी, पाँच पोखरी, जुकेखाडी, दहीझोडा, जामुनबाडी, जलथल, रतुवामाई, चारआली, दुम्सेलगायतका जंगलमा हात्ती घुम्ने गरेको उनले बताए । हाल झापाका जंगलमा १३ देखि १८ वटासम्म रैथानो हात्ती रहेको हुनसक्ने अनुमान रहेको भट्टराईले जानकारी दिए । ‘गणना त भएको छैन । तर, १३ देखि १८ वटासम्म हात्ती छन् भन्ने अनुमान गरिएको छ,’ उनले भने ।

डिभिजन वन कार्यालय झापाका अनुसार २०६७ यता झापामा हात्तीको आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ । यो तथ्यांक डिभिजन वन कार्यालयमा निवेदन दिनेको भएको उनले बताए । योभन्दा अन्यको पनि हात्ती आक्रमणमा परी मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालयको अनुमान छ ।

वन क्षेत्रभन्दा बाहिर हात्तीको आक्रमणमा परी मृत्यु भएको छ भने डिभिजन वन कार्यालय झापाको सिफारिसमा कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रले राहत दिने गरेको सूचना अधिकारी भट्टराईले जानकारी दिए । हात्ती आक्रमणमा परी मृत्यु भएको भए अहिले ५० हजार किरिया खर्च र १० लाख मृतकको परिवारलाई राहत दिने गरेको उनले बताए । वन क्षेत्रमा भए राहत उपलब्ध नहुने उनको भनाइ छ ।

यस्तै, घाइतेको हकमा बढीमा दुई लाखसम्म उपचार खर्च पाउने भट्टराईले बताए । ‘हात्ती मांसहारी जनवार हैन । यसलाई अवरोध गर्‍यो भने । उसले असुरक्षित महसुस गर्‍यो भने र ढुंगामुडा ग¥यो भने आक्रमण गर्न सक्छ,’ भट्टराईले भने ।

झापामा दैनिक कुनै न कुनै बस्तीमा हात्ती पसेर घरमा राखेको अन्न खाने, घर भत्काउने गरेको छ । घर भत्किएको र अन्नबाली क्षति गरेको हकमा पनि राहत पाउने गरेको भट्टराईले बताए । ‘घर भत्काएको र अन्नबाली नस्ट गरेमा निवेदन हाल्न सकिन्छ । निवेदनपछि मूल्यांकन समिति हुन्छ । यसले स्थलगत अनुगमन गर्छ,’ उनले भने, ‘अनुगमनपछि कोशी टप्पु वन्यजन्तु आरक्षणलाई सिफारिस गर्ने हो । घरको १० हजार र अन्नबालीको क्षतिको १० हजारसम्म पाउने व्यवस्था छ ।’

भारतसँग सीमा जोडिएको झापामा विगतमा भारतबाट हुलकाहुल हात्ती नेपाल प्रवेश गर्थे । स्थानीयको अन्नबाली र घरमा क्षति पुर्‍याउँथे । तर, केही वर्ष अघि विद्युतीय तारबार लगाएपछि त्यो क्रम घटेको सूचना अधिकारी भट्टराईले बताए । मेचीनगर पूर्वोत्तर तिरिङदेखि काँकडभिट्टा नजिकसम्म १८ किलोमिटर विद्युतीय तारबार गरिएको उनले बताए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १ : १० बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।