सिमसार क्षेत्र मासिएपछि सारस घट्दै « Khabarhub

सिमसार क्षेत्र मासिएपछि सारस घट्दै


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सिमसार क्षेत्रमा पाइने सारस चराको संख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा बासस्थान विनाश मुख्य कारण हो ।

‘सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ’, नेपाल पक्षी संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौराले भने, ‘सिमसार घट्न थालेपछि आहारको कमी भएको छ । सिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले यो चरालाई समस्या भएको छ ।’

यसको आहारा माछा, भ्यागुता, सर्प र अन्य कीराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उहाँको भनाइ छ । भर्खरै सकिएको जलपक्षी गणनामा बेलडाँडी गाउँपालिकाको चवन्नीमा दुई र सोही गाउँपालिकाको अर्को सिमसार क्षेत्रमा आठ सारस देखा परेका छन् । स्थानीयका अनुसार पहिला सारस एकै ठाउँमा १५ देखि २० को संख्यामा देखिन्थे ।

अण्डा र मासुलाई यसको सिकार हुन्छ । दुई वर्ष पहिले बेलडाँडी क्षेत्रमै संरक्षणकर्मीले एउटा मरेको र अर्को घाइते फेला पारे । वर्षातमा सारस स्थानीय किसानका खेतबारीमा आउँदा सिकार बढी हुन्छ ।

सारस घटेकाले यसलाई जोगाउन सिमसार क्षेत्र जोगाउन र यसलाई मार्नु हुदैन संरक्षण गर्नुपर्छ भन्ने जागरण पैदा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको सरोकारवालाको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ । साइटिसले अनुसूची २ र आइयुसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ । यसको सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुन्छ । सारसको उचाइ छ फिटसम्म र तौल पाँच किलो बढी हुन्छ । यसको वैज्ञानिक नाम ‘ग्रस एन्टिगनु’ हो । उडनेमध्येमा यो अग्लो चरा मानिन्छ ।

सारसले किसानले धानबाली लगाइसकेपछि अर्थात जुन, जुलाई महिनामा ओथारो बस्ने (बच्चा कोर्लने ) गर्दछ । सिमसार क्षेत्रको सुरक्षित स्थानमा बच्चा जन्माउने र हुर्काउने गर्दछ । सारसलाई सामाजिक प्राणीका रुपमा समेत लिइने गरिन्छ ।

जोडीका रुपमा यो चरा रहन्छ । प्रजनन अवधिमा यसले दुई वटा मात्रै अण्डा पार्ने गरेको चरा विज्ञ डगौराले बताउनुभयो । चल्ला पाँचदेखि छ महिनासम्म माउसँगै बस्छन् । त्यसपछि अन्य सारससँगै झुण्डमा आजीवन जोडी बनाइ बस्छन । रुपन्देही, कपिलबस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा यो चरा पाइन्छ ।

कञ्चनपुरमा सारसको सङ्ख्या १० देखि १५ सम्म रहेको अनुमान छ । चरा विज्ञका अनुसार नेपालमा यो चरा सात देखि आठ सय रहेको अनुमान छ । नेपालसँगै सारस अस्ट्रेलिया, क्यााम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा पाइन्छ ।

विश्वमा १५ र नेपालमा चार प्रजातिका सारस पाइन्छ । जसमा करयाङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस नामकै सारस पाइने गरेको छ । दुई दशकपछि यसवर्ष कैलालीमा लक्ष्मण सारस देखा परेको छ । जसलाई खोया हाँससमेत भनिन्छ । लक्ष्मण सारस मङ्गोलिया र चीन क्षेत्रबाट हिउँदाका बेला बसाइँ सारेर यहाँ आइपुग्छ । कालोकण्ठे सारस कहिलेकाहीँ मात्रै देखा पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारसलगायतका दुर्लभ पक्षी मार्नेलाई १५ देखि ३० हजार जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १ : २५ बजे

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी