ओमिक्रोन भेरियन्ट लामो समयसम्म छाला र प्लाष्टिकमा जीवितै रहन्छः अध्ययन « Khabarhub

ओमिक्रोन भेरियन्ट लामो समयसम्म छाला र प्लाष्टिकमा जीवितै रहन्छः अध्ययन


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएको हो ।

जापानस्थित क्वेटो प्रिफेक्चुर युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले सार्स–कोभ–२ वुहान भाइरस र सबै भेरियन्ट अफ कन्सर्न (भीओसी) बीच भाइरल पर्यावरणीय स्थिरताको भिन्नताको विश्लेषण गरेका थिए ।

समिक्षा गर्न बाँकी रहेको सो अध्ययनले ओमिक्रोन छालमा २१ घन्टा र प्लाष्टिकको सतहमा आठ दिनसम्म बाँच्न सक्ने उल्लेख छ । सोही कारण अन्य भेरियन्टभन्दा ओमिक्रोन चाँडो फैलिन सक्ने अनुमान गरिएको छ ।

‘यी भीओसीको उच्च पर्यावरणीय स्थिरताले संसर्ग हुने र फैलाउने जोखिम बढाउन सक्छ,’ अध्ययनका लेखकहरुले भनेका छन् । भेरियन्ट अफ कन्सर्नमध्ये ओमिक्रोनको उच्च पर्यावरणीय स्थितरता रहेको यस अध्ययनले देखाएको वैज्ञानिकहरुले बताएका छन् ।

ओमिक्रोन प्लाष्टिकको सतहमा १९३ दशमलब ५ घन्टा र छालामा २१ दशमवलब १ घन्टा रहन सक्ने अध्ययनले देखाएको छ । जबकी मौलिक संक्रमण र अल्फा, बिटा, गामा, डेल्टा जस्ता अन्य भेरियन्ट क्रमशः ५६ घन्टा, १९१.३ घन्टा, १५६.६ घन्टा, ५९.३ र ११४ घन्टासम्म प्लाष्टिकमा जीवितै रहने अध्ययनको निस्कर्ष छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  २ : ३० बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६