अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य « Khabarhub

अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ–जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भएपनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।

कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैँची उत्पादक किसान निराश बन्न थालेका हुन् । विगतका वर्षमा रु तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले रु ८७५ देखि एक हजारसम्म मात्र बिक्री हुने गरेको किसानको भनाइ छ ।

मौसम अनुकूल र रोगको प्रकोप कम भएका कारण यो वर्ष जिल्लामा अलैँचीको उत्पादन बढेको केन्द्रका सूचना अधिकारी एवम् कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । जिल्लामा अलैँची खेतीका लागि उपयुक्त १४ हजार दुई हेक्टर क्षेत्रफलमध्ये यो वर्ष १० हजार ६४ हेक्टर जग्गामा लगाइएको थियो । खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची बिक्रीबाट जिल्लामा वार्षिक रु तीन करोडभन्दा बढी रकम भित्रिने गरेको छ ।

यहाँ उत्पादित अधिकांश अलैँची निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा छ । कतिपय किसान अलैँचीको बजारभाउ बढ्ने र त्यही मौकामा बिक्री गर्ने योजनामा पनि छन् । अलैँची खरिद गर्नका लागि ठेकेदारले ट्याक्टर लिएर किसानका घर–घरमा पुग्ने गरेका छन् । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागे पनि यसको व्यवसायिक खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैँची खेती शुरु गरेका किसानले वर्षेनी अलैँची खेतीको क्षेत्र बिस्तार गरिरहेका छन् । कतिपयले जग्गा भाडामा लिएरसमेत अलैँचीको व्यवसायिक खेती शुरु गरेका छन् ।

अन्नबालीका लागि दिनरात खट्नुपर्ने तथा अलैँचीका लागि थोरै समय दिँदा पनि मनग्य आम्दानी हुने भएपछि जिल्लाका किसान अलैँची खेतीप्रति आकर्षित भएका हुन् । पहिला–पहिला अलैँचीको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको लागि अलैँची खेतीमा लागेका किसान हिउँद, बर्खा दुःख ऋणपान गरेर भएपनि अलैँची उत्पादन ग¥यो, तर यसको उचित मूल्य नपाउँदा उनीहरु अहिले निराश भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ३ : ४५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने