बागमती प्रदेशका यातायात मन्त्री दाहालले गरे यातायात कार्यालयको अनुगमन | Khabarhub Khabarhub

बागमती प्रदेशका यातायात मन्त्री दाहालले गरे यातायात कार्यालयको अनुगमन


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका छन्।

बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन।

अनुगमनका क्रममा सेवालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिदै आवश्यक सुधारको प्रयास मन्त्रालयले गर्ने उनको भनाई छ।

मन्त्री दाहालले यातायातमा बिचौलियालाई अन्त्य गर्दै सेटिङ रोक्ने भन्दै यस्ता कार्य रोक्न निर्देशन दिए। उनले अहिले पनि कागजी झण्झट देखिएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि देखिएको कानूनी जटिलता हटाइने दावी गरे।

अनुगमनका क्रममा मन्त्री दाहालले सेवाग्राहीसँग छलफल गर्दै देखिएका समस्याका बारेमा जानकारी र्लिएका थिए। सेवाग्राहीले घन्टौँ लाइन बस्दा पनि सहज रुपमा सेवा नपाएको भन्दै आक्रोश पोखेका थिए।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ४ : ५७ बजे

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर

म षड्यन्त्रको शिकार भए : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू

रेशमको मुस्किल बढ्यो, एमालेको १ सिटले कांग्रेसलाई सत्ताको ढोका बन्द

काठमाडौं- उपनिर्वाचनको अघिल्लो नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै

बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’

ढाका – बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो