उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु « Khabarhub

उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले आज सिलबन्दी गरी कारबाही प्रक्रिया सुरु गरेको छ ।

बाराको परवानीपुर–४ स्थित चैनपुरमा रहेको सो उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरेको पाइएपछि प्रशासनले सिलबन्दी गरेको जनाएको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईंको नेतृत्वमा खटिएको टोलीले विगत १२ वर्षदेखि अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरिरहेको विशेषरूपमा जानकारी आएपछि सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

आमउपभोक्तालाई ठगी गरेको र अवैधरूपमा उत्पादन गरेकाले त्यसको छानबिन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए । इलाका प्रहरी कार्यालय चितवन भण्डाराले उक्त उद्योगको माघ १ गते रु. नौ लाख ५० हजार मूल्य बराबरको अवैध कीटनाशक औषधिसहितको ट्रक नियन्त्रणमा लिएपछि अनुसन्धान गर्दा त्यसको अवैध कारोबारबारे प्रशासनमा जानकारी आएको बताइएको छ ।

सो ट्रकसहित सर्लाहीका सन्तोष साहसहित तीन जनालाई भण्डारा प्रहरीले नियन्त्रणमा लिएको थियो । उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राय यादवको लगानी रहेको र उनीहरु फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ८ : ०७ बजे

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको

नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ : महानायक

काठमाडौं– महानायक राजेश हमालले कुनै पनि शक्तिको प्रभावका कारण सार्वभौमिकता

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सुत्र प्रणाली बन्द हुने

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा