जसले पाए महामारीमा लैङ्गिक पहिचानको फुर्सद ! | Khabarhub Khabarhub

जसले पाए महामारीमा लैङ्गिक पहिचानको फुर्सद !

महामारीमा खुले धेरै समलिङ्गी


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२५ वर्षीय लाउरेनले सन् २०१४ मै आफू ‘बायो सेक्सुयल ’ भएको अनुभव गरेकी थिइन्। कोरोना महामारी सुरु नभएसम्म लैङ्गिक पहिचानले उनलाई केही असर गरेको थिएन। जब उनको मास्टर डिग्रीको कक्षादेखि सबै सामाजिक र पेसागत काम भर्चुअल रूपमा हुन थाले, यसले उनको जीवनमा केही परिवर्तन ल्यायो।

प्रविधिमा धेरै रमाउँदा उनले विगतका सम्बन्धका बारेमा सोच्न थाले। खासमा पुरुषसँगको सम्बन्धका बारे। उनले पुरुषसँगका हरेक सम्पर्कमा आफू पूर्ण रूपमा सन्तुष्ट हुन नसकेको महसुस गर्न थालिन।

लकडाउन र आइसोलेसनले धेरै जनालाई आफूले बिताएको जिन्दगीका बारे पुर्न विचार गर्ने अवसर प्रदान गरेको थियो। रोजगारी, क्यारियर र पारिवारिक सम्बन्धमा पनि यसले परिवर्तन ल्याएको थियो। ठाउँ, पेसा, आदत र सङ्गतमा समेत यस बिचमा मानिसले परिवर्तन गरे। मानिसको यौन प्रतिको दृष्टिकोण र रुचिमा समेत यस महामारीले धेरै फरक देखायो।

डेटिङ एप ‘बबल’ले सन् २०२० को अगस्टमा अमेरिका, बेलायत,आयरल्यान्ड, अस्ट्रेलिया र क्यानडामा आफ्ना ४ हजार प्रयोगकर्ताको माझमा सर्वेक्षण गरेको थियो। यसरी गरिएको सर्वेक्षणमा १४ प्रतिशतको यौन जीवनमा महामारीका कालमा परिवर्तन आएको छ। धेरै जना यो समयमा समलिङ्गी भएका छन्। अर्थात् आफूजस्तै अन्य व्यक्तिसँगको सम्पर्क उनीहरूलाई मन पर्न थालेको छ।

२०२० को मार्च र जुलाईमा धेरै एलजीबीटीक्यूको बारे अनुसन्धान गरिएको थियो। यस अनुसन्धानबाट पत्ता लागेको हो कि महामारी कालमै उनीहरुले आफ्नो वास्तविक पहिचान गरे।

लाउरेन पनि महामारी काल भन्दा अगाडि पढाइ र आफ्नो काममा नै बढी व्यस्त हुन्थिन्। उनले आफ्नै जीवनमा आएको परिवर्तनका बारे कुनै पत्तो नै पाइनन्। यस बीचमा उनले आफूलाई नियाल्न थालिन्। साथीहरूसँग सल्लाह गर्न थालिन्। थेरापीस्टसँग सल्लाह गर्न थालिन्। यसपछि नै उनले आफू समलिङ्गी भएको पत्तो पाएकी थिइन्। उनी मात्र होइन, महामारीको समयमा यस्ता धेरै जना देखिए। जसले आफूलाई परिवर्तन भएको महसुस गरे।

महामारी कालमा आफू समलिङ्गी भएको पहिचान गर्नेका लागि साथी खोज्न सहज भएको थियो। लन्डनकी २४ वर्षीय एलेक्स समलिङ्गी हुन्। यस अवधिमा उनले न्यु योर्क स्टेक विश्वविद्यालयमा चौथो वर्षमा अध्ययन गरिरहँदा पनि उनलाई आफ्नो लैङ्गिक पहिचानको बारे थाहा थिएन।

‘हरेक मानिस काममा यसरी व्यस्त हुने गरेका थिए कि आफैले आफैलाई हराइ रहेका हुन्थे’, न्युयोर्क सिटीमा रहेको मनोचिकित्सक जेनीफर गुटम्यान भन्छन्, ‘पछाडिको ढोकाबाट भए पनि आफैलाई चिन्न मानिसका लागि आवश्यक छ।’

न्युयोर्क रहेकी मनोचिकित्सक जेनीफर गुटम्यानका अनुसार मानिस जीवनमा यत्ति धेरै व्यस्त हुन थालेको छ कि उसले आफैलाई कतै हराइरहेको हुन्छ। धेरै मानिसमा विपरीत लिङ्गीप्रति स्वाभाविक आकर्षण हुने गरेको छ। यदाकदा एउटै लिङ्गीसँग आकर्षण हुने हार्मोन पनि मानिसमा भइरहेको हुन्छ। ट्रेन्ट विश्वविद्यालयकी सामाजिक सम्बन्ध र डाइभर्सीटी ल्याबमा रहेका कारियन ब्लेयरका अनुसार धेरै मानिसमा यौनलाई दबाएर राख्दा केही समस्या हुन्छ।

गुटम्यानकै अनुसार लकडाउनको समयमा यो सबै छताछुल्ल भएको थियो। यस समयमा उनले धरै मनोरोगीलाई निरीक्षण गरेकी थिइन्। उनी कहाँ आएका ६५ जना मध्ये १२ जनाले त्यसै अवधिमा आफ्नो लैङ्गिक पहिचानको बारे पुनर्विचार गरेका थिए।

ती सबैले आफू कतै हराएको, केही गुमाएको र एकाङ्कीपनको महसुस गरेका थिए। यसै कारण उनीहरूको क्यारियर पनि सही बाटोमा गएको थिएन। उनीहरू काम भन्दाबाहेक अन्यत्र कतै ध्यान जान लागेको थियो।

महामारी कालमा आफू समलिङ्गी भएको पहिचान गर्नेका लागि साथी खोज्न सहज भएको थियो। लन्डनकी २४ वर्षीय एलेक्स समलिङ्गी हुन्। यस अवधिमा उनले न्यु योर्क स्टेक विश्वविद्यालयमा चौथो वर्षमा अध्ययन गरिरहँदा पनि उनलाई आफ्नो लैङ्गिक पहिचानको बारे थाहा थिएन।

संसारमा कत्ति जना मानिस लेस्बीयन, गे या बायो सेक्स्युयल छन् भनेर यकिन छैन। तथापि विकसित देशमा यसका बारे अध्ययन भएका छन्। एक अध्ययनका अनुसार अमेरिकामा ३.५ प्रतिशत वयस्क लेस्बीयन, गे तथा बायो सेक्स्युयल छन्।

महामारी कालमै उनले आफू खुलमखुला तेस्रो लिङ्गी भएको बताउन थालिन्। २०२१ बाट नै उनी पुरुषको मात्र खोजी गर्न छोडेकी हुन्। त्यसै समयदेखि उनी कनै पनि लैङ्गिक पहिचान भएकासँग सम्बन्ध राख्न तयार भइन्। डेटिङ एपमार्फत उनी महिला यौन साथीको खोजी गर्छिन्।

ब्लेयरकै अध्ययन अनुसार उनको जस्तो अनुभव धेरैको हकमा सामान्य भएको छ। यसरी अनलाइनमा यौन साथी खोज्ने भन्दा अगाडी महामारीको समयमा धेरै जनाले आफ्नो गतिविधिलाई आफैँले नियाल्ने अवसर पाएका थिए। यस बीचमा सेक्स ट्वाइको बिक्री वितरण पनि बढेको थियो।

धेरै विज्ञ र एपमार्फत साथी खोज्नेका अनुसार आफ्नो लैङ्गिक पहिचानको खोजी गर्न सञ्चार माध्यमले नै धेरै प्रेरित गर्ने गरेको छ। यौन जनचेतना, सामाजिक सञ्जाल र टेलिभिजनबाट प्रशारण हुने रियालीटी सोले उनीहरूमा परिवर्तन ल्याएको थियो।

कोरोना महामारीका कारण आइसोलेसनमा बसेको समयमा नै धेरै जनाले सञ्चार माध्यममा यस्ता कार्यक्रम हेरेका थिए। एलजीबीटीक्यू सम्बन्धी कार्यक्रमले धेरै मानिस आफ्नो परीक्षण गराउनका लागि तयार भएको गुटम्यान बताउँछिन्।

धेरै जना महामारी कालमा लेस्बीयन बनेको खुल्लाखुल्ला भन्न थालेका छन्। धेरै जना महिलाले त दिन बिराएर महिला र पुरुषसँग बिताउने गरेका थिए।

महामारी कालमै धेरै जनाले टिकटकमा समलिङ्गी भएको तथा बायो सेक्स्युयल भएको पत्ता लगाएका थिए। धेरै जना महामारी कालमा लेस्बीयन बनेको खुल्लाखुल्ला भन्न थालेका छन्। धेरै जना महिलाले त दिन बिराएर महिला र पुरुषसँग बिताउने गरेका थिए।

यस्ता महिलाले त्यसै समयमा दुईमा भिन्नता थाहा पाएका थिए। लाउरेनले पनि महामारीको समयमा टिकटक डाउनलोड गरेकी थिइन्।
त्यसपछि उनलाई मन पराउनेको फोटो र सूची तयार पारेकी थिइन्। यसैबाट उनको अन्य लेस्बीयनसँग सम्पर्क हुन थालेको हो।

एलेक्सकै हकमा फरक भएको थियो। सुरुमा त उनलाई आफूलाई जसरी सोचेकी थिइन्, त्यो भन्दा फरक भएको कुरा थाहा पाउँदा कसरी आगामी दिन बिताउने भन्ने चिन्ताले छोएको थियो। यो कुरा पहिलो कसलाई भन्ने होला ? भनेर पनि उनलाई चिन्ता लागेको थियो।

मानिसहरूले मलाई के भन्ने होलान् ? समलिङ्गी भएकै कारण घृणा गर्छन् भन्ने डर पनि लागेको थियो। आफैलाई एकत्रित गर्न उनले ओरेन्टेसन कक्षा नै लिनु परेको थियो।

गुटम्यानको अर्को अनुभव पनि छ। यसरी समलिंगी भएको पत्ता पाएका धेरै जनाका लागि एक वा दुई वर्षमा फेरि अर्को कक्षा लिन आवश्यक थियो। धेरै जना त फेरि सामान्य जीवन बिताउन सक्ने कुरामा नै शङ्कामा थिए।

लाउरेन पहिलो पटक आफ्नै परिवार र साथीको माझमा सार्वजनिक भएकी थिइन्। महामारी कालमै आफ्नो लैङ्गिक पहिचानको यकिन भए पछि उनले डेटिङ जानका लागि महिलाको खोजी गर्न थालेका हुन्।

यसरी समलिंगी भएको पत्ता पाएका धेरै जनाका लागि एक वा दुई वर्षमा फेरि अर्को कक्षा लिन आवश्यक थियो। धेरै जना त फेरि सामान्य जीवन बिताउन सक्ने कुरामा नै शङ्कामा थिए।

उनलाई अन्य व्यक्तिले अहिले पनि यसैगरी सहज रूपले लिने हो वा होइन भन्ने चिन्ताले सताइ रहन्छ। समाजले उनीहरूलाई जसरी हेरे पनि उनीहरू थेरापी गर्ने पुस्तक पढ्ने र सङ्गीतमा लिन भएर आफैमा हराउन पनि सुरु गरिसकेका छन्। यसै अध्ययनले उनीहरू आफैँमा हराउन पनि थालेका छन्।

संसारमा कत्ति जना मानिस लेस्बीयन, गे या बायो सेक्स्युयल छन् भनेर यकिन छैन। तथापि विकसित देशमा यसका बारे अध्ययन भएका छन्। एक अध्ययनका अनुसार अमेरिकामा ३.५ प्रतिशत वयस्क लेस्बीयन, गे तथा बायो सेक्स्युयल छन्। यसैगरी, ०.३ प्रतिशत वयस्कले लिङ्ग परिवर्तन गरेका छन्। अमेरिकामा ९० लाख एलजीबीटी रहेको अनुमान छ। यो सङ्ख्या न्यु योर्क सहरको कुल सङ्ख्या हो।

बेलायतमा भने एलजीबीटीमा सबैभन्दा धेरै हेट्रोसेक्स्युयलको उपस्थिति छ। कुल १००३ जना बेलायती महिलामा गरिएको सर्वेक्षणमा ९२ प्रतिशत हेट्रोसेक्स्युयल छन्। यसैगरी १.६ गे या लेस्बीयन छन्। ३.५ प्रतिशत बायो सेक्स्युयल छन्।

कोरोना महामारीका धेरै असर छन्। महामारी र लकडाउनका कारण धेरै मानिस फुर्सदमा रहे। यस बीचमा आफू र आफैलाई हेर्ने अवसर पनि मानिसले पाए। यसैको फल हो कि संसारमा नै महामारी कालमा धेरै समलिङ्गी खुलेका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ४९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर