सानीभेरी नदीमा ‘र्‍याफ्टिङ’ परीक्षण सफल « Khabarhub

सानीभेरी नदीमा ‘र्‍याफ्टिङ’ परीक्षण सफल


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (र्‍याफ्टिङ) गर्न सकिने भएको छ ।

लुम्बिनी प्रदेश, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएको छ ।

‘सानीभेरी नदीको करिब १३ किलोमिटर क्षेत्रमा जलयात्रा परीक्षण सफल भयो।’ मन्त्रालयका प्राविधिक विवेक शाहले भने, ‘यस वर्ष प्रदेशका विभिन्न नदीमा गरेका परीक्षणलाई केलाउँदा यो नै उत्कृष्ट परीक्षण हो ।’

टोलीले भुमे गाउँपालिका-५ को सौरीखोलाबाट बालुवा, सिस्ने-६ को धाउने र ७ को नाथिगाड हुँदै सिस्नेरीसम्म र्‍याफ्टिङ परीक्षण गरेको थियो।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, गाउँपालिकाका इञ्जीनियर कर्ण केसी, प्रशासन प्रमुख अरुणकुमार ओली, होटल तथा पर्यटन व्यवसायी सुनिल रोका लगायत परीक्षण जलयात्रामा सहभागी भएका थिए ।

यसअघि रोल्पाको माडीखोला, प्यूठानको माण्डबी नदी र दाङको राप्ती नदीमा जलयात्राको परीक्षण गरिएको थियो । अहिलेसम्म गरिएका परीक्षणलाई हेर्दा पानीको सतह, बहने गति र भूगोलका दृष्टिकोणले सानीभेरी र्‍याफ्टिङको राम्रो सम्भावना बोकेको नदी भेटिएको प्राविधिकहरूले निष्कर्ष निकालेका छन् । अब दाङको बबई र पाल्पाको कालीगण्डीमा परीक्षण गर्न बाँकी छ ।

सानीभेरी नदीको तिरमै तातोपानीको मुहान भएकाले पनि जलयात्राका लागि यो नदी उत्कृष्ट हुने जनाइएको छ । अब परीक्षण प्रतिवेदन प्राविधिक टोलीले मन्त्रालयमा लगेर बुझाउने छ । मन्त्रालयलले प्रदेशभरिका नदीको प्रतिवेदन अध्ययन गरी उत्कृष्ट ठाउँ छनोट गर्नेछ ।

राम्रो सम्भावना बोकेको ठाउँमा जलयात्राको विकास र पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारले लगानी गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ३३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर