बागलुङ नगरपालिकाद्वारा धवलागिरि अस्पताललाई शववाहन हस्तान्तरण « Khabarhub

बागलुङ नगरपालिकाद्वारा धवलागिरि अस्पताललाई शववाहन हस्तान्तरण


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ ।

आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए।

नगरपालिकाको १२ लाख २० हजार रुपैयाँ र धवलागिरि अस्पतालको दुई लाख रुपैयाँ गरी १४ लाख २० हजार रुपैयाँमा कर छुट गरी शववाहन खरिद गरिएको हो । बिरामी बोक्ने एम्बुलेन्समै शव बोक्नुपर्ने समस्या भएपछि नगरपालिकाले शववाहन खरिद गरेर शनिबार सो अस्पताल हस्तान्तरण गरेको छ ।

शववाहन सञ्चालनमा ल्याएपछि शव व्यवस्थापनमा निकै सहज हुने धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए । ‘नगरपालिका र अस्पतालबीच शववाहन सञ्चालन कार्यविधि बनाएर शववाहन सञ्चालनमा ल्याइने छ’, उनले भने ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ५९ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक