अर्घाखाँची बुलेटिनको टिम फाइनल प्रवेश « Khabarhub

अर्घाखाँची बुलेटिनको टिम फाइनल प्रवेश


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – सन्धिखर्क नगरपालिका-८ किमडाँडामा जारी वडाअध्यक्ष स्मृतिकप भलिबल प्रतियोगितामा अर्घाखाँची बुलेटिनको टिम फाइनल प्रवेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको बि टिमलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको प्रगतिशील धारापानीलाई दुई एकले पराजित गर्दै अर्घाखाँची बुलेटिन फाइनल प्रवेश गरेको हो ।

यसअघि भएको पहिलो खेलमा असुरकोटले आयोजक विलाई सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा ढाकावाङ्ग भलिबल क्लबलाई पराजित गर्दै प्रहरी ए सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा आजको पहिलो खेल प्रहरी ए र असुरकोटबीच सम्पन्न हुनेछ । सोही खेलमा विजेता बन्ने टोली उपाधिका लागि अर्घाखाँची बुलेटिनसँग प्रतिस्पर्धा गर्नेछ ।

काेभिड संक्रमणका कारण ज्यान गुमाएका वडाध्यक्ष ईश्वरिप्रसाद भुसालको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतिय हुनेले २० हजार प्राप्त गर्नेछन् ।

वडा नं ८ को आयोजनामा जारी प्रतियोगिताको लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : १९ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक