कांग्रेस जिल्ला अधिवेशन : सिन्धुपाल्चोकमा फागुन २७ र २८ मा « Khabarhub

कांग्रेस जिल्ला अधिवेशन : सिन्धुपाल्चोकमा फागुन २७ र २८ मा


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो ।

मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्ला सहसचिव अनुप न्यौपानेका अनुसार यसअघि पटक–पटक सर्दै आएको अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको हो । पार्टीका जिल्लाका शीर्षनेताको बैठकबाट सो निर्णय गरिएको उनले जानकारी दिए ।

बैठक निर्वाचन अधिकृत देवबहादुर महतका समन्वयमा बसेको थियो । बैठकमा केन्द्रीय सदस्य बस्नेत, जिल्ला सभापति विकास लामा, बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायत सहभागी थिए ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका महासचिवसमेत रहनुभएका इन्द्रावती गाउँपालिका अध्यक्ष तामाङ र जिल्ला पार्टी सचिव बिलबहादुर तामाङले सभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । त्यस्तै बालकृष्ण बस्नेत, डा प्रेमध्वज लामा, राजेन्द्र श्रेष्ठ र विष्णु खत्रीले पनि सभापतिमा दाबी प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ३७ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक