अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाजको प्रस्तुति « Khabarhub

अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाजको प्रस्तुति


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जिलोङ, अस्ट्रेलिया- अस्ट्रेलियाको जिलोङमा १९८३ बाट शुरु गरिएको बहुसाँस्कृतिक महोत्सब पाको महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाजले नेपाललाई वुद्ध र सगरमाथाको देश र बहुभाषिक/बहुसांस्कृतिक देशको रुपमा प्रस्तुति र प्रबर्द्धन गरेको छ ।

पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख र अस्ट्रेलियाकै ठूला मध्येकै बहुसांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ र बिगत ११ बर्षदेखि यो कार्यक्रममा सहभागीहरुको संख्या एक लाखभन्दा बढी हुने गरेको छ । कोभिडका कारण रोकिएको यो महोत्सबलाई कोभिड समस्या अझै बाँकी रहेको कारण पहिला पहिला जस्तै भब्य रुपमा मनाउन समस्या भएको कारण आयोजक संस्थाले फरक मोडलमा यो बर्ष महोत्सबलाई निरन्तरता दिन शुरु गरेको हो ।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु बिश्व अभियानका बिश्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाजका बिश्व सल्लाहकार रामकुमार श्रेष्ठ, जन सम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष बिनित शर्मा, बालसंसार ग्लेनरोयका अध्यक्ष तथा अन्तराष्ट्रिय नेपाली कलाकार समाजका समरक्षक डा रुपक अर्याल, भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार ज्ञानेन्द्र उप्रेती, यात्री हाउस इभेन्टको संस्थापक प्रमुख कार्यकारी अधिकृत प्रकाश थापा, दिदी-बहिनी समाज भिक्टोरियाका तर्फबाट रोशनी श्रेष्ठ, राज श्रेष्ठ र बर्षा केसी राजभण्डारीको उपस्थिति थियो ।

कार्यक्रममा ८० बर्षिया दिल माया श्रेष्ठ (कान्छी) नेवारी पहिरनमा वुद्धको मूर्ति सहित स्टेज परेडमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा रुची अर्यालद्धारा ‘शिरैमा शिरबन्दी’ गीतमा नृत्य प्रस्तुत गरिएको थियो । नेपालीहरुको बसोबास सानो रुपमा रहे ता पनि एक लाखभन्दा बढीको जन सहभागिता हुने यति ठूलो महोत्सबलाई नेपालको बहुभाषिक/बहुसांस्कृतिक देशको रुपमा प्रस्तुति र प्रबर्द्धन प्रयोजनको अबसरको रुपमा लिइनु पर्छ भन्ने सोंच अनुरुप लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको बिशेष सकृयातामा २०१३ मा पहिलो पटक सहभागी भएर नेपाली सहभागिताको थालनी गरिएको यो महोत्सबमा वरिपरिका शहरहरु मेलबर्न, बालारट र वार्नाबुलबाट नेपालीहरु आएर सहभागी जनाएर नेपालको प्रबर्द्धन गर्ने काम गरे ।

पहिलो वर्षबाटै महोत्सवमा नेपाल झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानरसहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा मात्रै नभएर कुमारीको देशको रुपमासमेत चिनाउने काम भयो। कार्यक्रममा मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहले कुमारी भेषमा परेडमा सहभागी भई स्टेजमा कुमारी नृत्य प्रदर्शन गर्ने क्रममा महोत्सबमा कुमारी धेरैको आकर्षणको केन्द्र बनेको थियो र स्थानिय पत्रिकाहरुले महत्वका साथ स्थान दिएका थिए । त्यस पछि नेपाली प्रस्तुती र पहिचानलाई झझल्काउने कार्यलाई निरन्तरता दिइरहेको छ ।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष वरिष्ठ वैज्ञानिक डा सन्तोष पाण्डे र उपाध्यक्ष अनामिका श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिंदै सबैको समय र योगदानको लागि समाजका तर्फबाट आभार प्रकट गरे।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : २२ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक