फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो : मन्त्री अथक « Khabarhub

फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो : मन्त्री अथक

फाप्ला मैदानलाई देशकै ठुलो खेलग्रामका रूपमा विकास गरीने


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठुलो “ड्रिम प्रोजेक्ट” रहेको बताएका छन् । शुक्रबार कैलालीको धनगढी पुगेका मन्त्री अथकले सरकारले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेको बताएका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नं. ३ फाप्लामा रहेको मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री अथकले राष्ट्रिय गौरवको योजनाका रूपमा उक्त मैदान निर्माण प्रक्रिया सुरू गरिएको जानकारी दिए। हालै मात्र मन्त्रिपरिषदको बैठकबाट मैदान निर्माणकालागि स्वीकृति प्राप्त भएको बताउँदै मन्त्री अथकले १५ अरव रकम लागत अनुमान गरिएको समेत जानकारी दिए ।

भौगोलिक उपलब्धता प्रयाप्त भएको फाप्ला मैदानलाई खेलग्रामका रूपमा समेत विकास गरिने बताउँदै मन्त्री अथकले बहने, “जमिनको उपलब्धताले यो नै नेपालकै सबैभन्दा ठुलो मैदान हो, यसलाई खेलग्रामका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ ।” क्रिकेटका अलावा फाप्लामा खेलका अन्य पुर्वाधारहरू समेत निर्माण गरिने उनले प्रष्ट पारे।

बहुवर्षिय योजनाको मोडालिडिमा निर्माण गर्ने भनिएको फाप्ला मैदानमा केन्द्र सरकारका अलावा प्रदेश र स्थानिय सरकारका साथै निजि क्षेत्रको समेत लगानि समेटिने बताउँदै मन्त्री अथकले समयमै (३ वर्षभित्रै) मैदान निर्माण सम्पन्न गर्न स्थानियस्तरबाट निरन्तर खबरदारी गर्नुपर्ने बताए।

एक फरक प्रसङ्ग बोल्दै मन्त्री अथकले खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताए। “राज्य विशेषगरी सिंहदरबारले खेलकुदलाई उनुत्पादक क्षेत्रका रूपमा हेर्ने गरेको छ” खेलप्रति राज्यको दृष्टिकोण प्रति असन्तुष्टि ब्यक्त गर्दै मन्त्री अथकले भने, “यसप्रकारको दृष्टिकोणलाई बदल्नु नै अहिलेको प्रमुख चुनौति बनेको छ । अब खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्छ ।”

शुक्रबार नै मन्त्री अथकसहितको टिमले धनगढी रंगशालाको निर्माणाधीन प्याराफिट, कवर्डहल तथा विभिन्न खेल संरचनाहरूको समेत अनुगमन तथा निरिक्षण गरेका थिए। अनुगमनमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुर बहादुर चन्द, खेलकुद विकास समितिका पदाधिकारी लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : ४० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री