बगैँचाको काम छाडी राइफल बोकेर युद्धमैदानमा उत्रिइन् युक्रेनी सांसद् « Khabarhub

बगैँचाको काम छाडी राइफल बोकेर युद्धमैदानमा उत्रिइन् युक्रेनी सांसद्


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी आक्रमणपछि युक्रेनमा अहिले व्यापक भीडन्त भइरहेका छन् । रुसी सेनाको आक्रमणलाई परास्त गर्नका लागि अहिले युक्रेनी सैनिकका साथै आम सर्वसाधारण र राजनीतिक नेताहरु पनि उत्तिकै लागि परिरहेका छन् ।

रुसी आक्रमणपछि युक्रेनी सरकारले जनतालाई हातहतियार समेत बाँडिरहेको छ । यसै क्रममा युक्रेनकी एकजना सांसद् पनि राइफल बोकेर युद्धमैदानमा उत्रिएकी छिन् ।

युक्रेनी सांसद् किरा रुडिकले सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गर्दै युक्रेनको रक्षाका लागि आफू तयार रहेको जनाएकी छिन् ।

सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेको तस्बीरमा उनले हातमा कालास्निकोभ शैलीको राइफल बोकेकी छिन् ।
उनले लेखेकी छिन्– ‘राइफल बोक्न र चलाउन मैले जानेकी छु ।’

उनी अगाडि लेख्छिन्,‘अस्तीको दिनसम्म यस्तो दिन आउला जस्तो मलाई लागेको थिएन, हाम्रा महिलाहरुले पनि पुरुषजत्तिकै माटोको रक्षा गर्नेछन्।’

‘बगैँचामा मैले गुणकेशरी र घण्टीफूल रोप्ने सोचेकी थिएँ । तर अहिले म हतियार चलाउन सिकेर किभको रक्षाका लागि तयार भएर बसेकी छु । हामी कतै जादैनौँ । यो हाम्रो शहर हो, हाम्रो भूमि हो, हाम्रो माटो हो । हामी लड्नेछौँ ता कि अर्को साता फूलहरु रोप्न सकियोस् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विपक्षी भ्वाइस पार्टीकी नेतृ रुडिकले स्वतन्त्रताका लागि युक्रेनीहरु लडिरहने समेत स्पष्ट पारिन् ।

विपरीत राजनीतिक खेमामा रहेका बावजुद पनि राष्ट्रपति जेलेन्स्कीले युद्धका समयमा राष्ट्रपतिको भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  २ : २८ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने