बगैँचाको काम छाडी राइफल बोकेर युद्धमैदानमा उत्रिइन् युक्रेनी सांसद् « Khabarhub

बगैँचाको काम छाडी राइफल बोकेर युद्धमैदानमा उत्रिइन् युक्रेनी सांसद्


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी आक्रमणपछि युक्रेनमा अहिले व्यापक भीडन्त भइरहेका छन् । रुसी सेनाको आक्रमणलाई परास्त गर्नका लागि अहिले युक्रेनी सैनिकका साथै आम सर्वसाधारण र राजनीतिक नेताहरु पनि उत्तिकै लागि परिरहेका छन् ।

रुसी आक्रमणपछि युक्रेनी सरकारले जनतालाई हातहतियार समेत बाँडिरहेको छ । यसै क्रममा युक्रेनकी एकजना सांसद् पनि राइफल बोकेर युद्धमैदानमा उत्रिएकी छिन् ।

युक्रेनी सांसद् किरा रुडिकले सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गर्दै युक्रेनको रक्षाका लागि आफू तयार रहेको जनाएकी छिन् ।

सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेको तस्बीरमा उनले हातमा कालास्निकोभ शैलीको राइफल बोकेकी छिन् ।
उनले लेखेकी छिन्– ‘राइफल बोक्न र चलाउन मैले जानेकी छु ।’

उनी अगाडि लेख्छिन्,‘अस्तीको दिनसम्म यस्तो दिन आउला जस्तो मलाई लागेको थिएन, हाम्रा महिलाहरुले पनि पुरुषजत्तिकै माटोको रक्षा गर्नेछन्।’

‘बगैँचामा मैले गुणकेशरी र घण्टीफूल रोप्ने सोचेकी थिएँ । तर अहिले म हतियार चलाउन सिकेर किभको रक्षाका लागि तयार भएर बसेकी छु । हामी कतै जादैनौँ । यो हाम्रो शहर हो, हाम्रो भूमि हो, हाम्रो माटो हो । हामी लड्नेछौँ ता कि अर्को साता फूलहरु रोप्न सकियोस् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विपक्षी भ्वाइस पार्टीकी नेतृ रुडिकले स्वतन्त्रताका लागि युक्रेनीहरु लडिरहने समेत स्पष्ट पारिन् ।

विपरीत राजनीतिक खेमामा रहेका बावजुद पनि राष्ट्रपति जेलेन्स्कीले युद्धका समयमा राष्ट्रपतिको भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  २ : २८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति