एमसीसीको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त (भिडियोसहित) « Khabarhub

एमसीसीको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त (भिडियोसहित)


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले बानेश्वर वरपर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। उनीहरुले एमसीसी राष्ट्रघाती भन्दै कुनै पनि हिसाबले अनुमोदन गर्न नहुने भन्दै चर्को नाराबाजी गरिरहेका छन्।

प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भइरहेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज समेत गरेको छ।

आक्रोशमा आएर उनीहरुले प्रहरीमाथि पानीका बोतल तथा ढुंगामुढा प्रहार गरिरहेका छन्। प्रदर्शनकारीलाई तितरवितर गर्न प्रहरीले पानीको फोहरासमेत हानेको छ। प्रदर्शनमा स्कुले बालबालिकाहरु पनि सहभागी छन्। बानेश्वर क्षेत्रमा सुरक्षाकर्मी हाइअलर्टमा छन्।

प्रदर्शनमा सत्तारुढ दलकै कार्यकर्ताहरु परिचालन भएका छन्।

एमसीसीमाथि छलफल गर्न आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  २ : ५८ बजे

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र