एमसीसीको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त (भिडियोसहित) « Khabarhub

एमसीसीको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त (भिडियोसहित)


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले बानेश्वर वरपर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। उनीहरुले एमसीसी राष्ट्रघाती भन्दै कुनै पनि हिसाबले अनुमोदन गर्न नहुने भन्दै चर्को नाराबाजी गरिरहेका छन्।

प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भइरहेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज समेत गरेको छ।

आक्रोशमा आएर उनीहरुले प्रहरीमाथि पानीका बोतल तथा ढुंगामुढा प्रहार गरिरहेका छन्। प्रदर्शनकारीलाई तितरवितर गर्न प्रहरीले पानीको फोहरासमेत हानेको छ। प्रदर्शनमा स्कुले बालबालिकाहरु पनि सहभागी छन्। बानेश्वर क्षेत्रमा सुरक्षाकर्मी हाइअलर्टमा छन्।

प्रदर्शनमा सत्तारुढ दलकै कार्यकर्ताहरु परिचालन भएका छन्।

एमसीसीमाथि छलफल गर्न आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  २ : ५८ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा