बारको चुनावमा नेपाल कानुन व्यवसायी संस्थाले सहभागिता जनाउने « Khabarhub

बारको चुनावमा नेपाल कानुन व्यवसायी संस्थाले सहभागिता जनाउने


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनको आगामी चैत्र २३ गते हुने निर्वाचनमा नेपाल कानुन व्यवसायी संस्थाले भाग लिने भएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संस्थाले नेपाल बारलाई स्वच्छ, निष्पक्ष र सक्षम न्याय प्रणालीको मान्यतामा कृयाशील रहन सक्ने नेतृत्व दिने जानकारी दिएको हो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईले जनतामा निहित रहने मान्यता, सदाचार सुशासन जस्ता विषयलाई सशक्त बनाउने, सशक्त ढंगले स्थापित गर्ने गराउने विधिको शासनको मान्यतालाई जीवन्त राख्न आफूहरू लागिपर्ने बताए ।

उनले जनताले न्याय पाउन नसकेको भन्दै न्यायाधीशहरू नै असफलताको बाटोमा बढेको टिप्पणी गरे ।

वर्तमान सरकार २०७८ सालको असारमा सर्वोच्चको परमादेशले बनेको भन्दै प्रधानन्यायाधीशले भाग खोज्दा महाभियोग लगाइएको उनको भनाइ छ ।

संस्थाका महासचिव तथा वरिष्ठ अधिवक्ता राजु बस्नेतले न्यायपालिका, कार्यपालिकाहरू नै राजनीतिक भागवण्डामा लिप्त रहेको आरोप लगाए । त्यस्तै अधिवक्ता ठाकुरप्रसाद आचार्यले नेपाल बारको आसन्न चुनावलाई लिएर आजको कार्यक्रमको गरिएको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : ५८ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको