नेप्से परिसूचक झिनो अङ्कले ओरालो, कारोबार रकम ३ अर्ब मात्रै | Khabarhub Khabarhub

नेप्से परिसूचक झिनो अङ्कले ओरालो, कारोबार रकम ३ अर्ब मात्रै


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा ओर्लेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । कूल २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर रु तीन अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० मा कारोबार भयो । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५८ अर्ब ६७ करोड ८४ लाख २० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जलविद्युत् ३४.०३ र अन्य १५.१ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ ११.३३, व्यापार ७.३४, होटल तथा पर्यटन २.५८, विकास बैंक २४.९६, वित्त १०.३९, निर्जीवन बीमा ३२.९५, उत्पादन ७१.१६, लघुवित्त ३१.०६, जीवन बीमा ११६.०२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.१६ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ४४ लाख २४ हजार १४१ बराबरको कारोबार भयो । यस्तै, दूरसञ्चार कम्पनी रु १९ करोड ६ लाख २६ हजार १९७, नेशनल हाइड्रोपावर रु १४ करोड ४३ लाख ८१ हजार ७८५, नेपाल लाइफ इन्स्योरेन्स रु १३ करोड चार लाख चार हजार ७७९ र अरुण भ्याली हाइड्रोपावर कम्पनी रु १० करोड १९ लाख २८ हजार ४७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नेशनल हाइड्रोपावर ४.५३, सपोर्ट माइक्रोफाइनान्स ३.९६, युनिभर्सल पावर कम्पनी ३.०२, छ्याङदी हाइड्रापावर २.९७ र युनियन हाइड्रोपावर लगानीकर्ताले २.७० प्रतिशतले कमाए । हिमालयन जनरल इन्स्योरेन्स ४.५८, तेह्रथुम पावर कम्पनी ४.०२, सामलिङ पावर कम्पनी ३.६५, नारायणी डेभलपमेन्ट बैंक ३.१४ र शिवम सिमेन्टका लगानीकर्ताले ३.०५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : ५४ बजे

एनपीएलकै ‘बिग नेम’ डु–प्लेसिस, जो खेल्दैछन् विराटनगरबाट

काठमाडौं – गत वर्षको नेपाली प्रिमियर लिगमा आकर्षणको केन्द्रीय पात्र

नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर

श्रम गर्न जनता अब विदेश जानु पर्दैन, हामी शक्तिको ज्वाला सिर्जना गर्छौँ : वामदेव गौतम

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले देशका सातै प्रदेशमा

कलङ्की–बसुन्धारा सडक विस्तार गर्न नेपाल र चीन सरकारबीच अन्तिम हस्ताक्षर हुनै बाँकी

काठमाडौं- काठमाडौं चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ । उक्त