नेप्से परिसूचक झिनो अङ्कले ओरालो, कारोबार रकम ३ अर्ब मात्रै « Khabarhub

नेप्से परिसूचक झिनो अङ्कले ओरालो, कारोबार रकम ३ अर्ब मात्रै


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा ओर्लेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । कूल २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर रु तीन अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० मा कारोबार भयो । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५८ अर्ब ६७ करोड ८४ लाख २० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जलविद्युत् ३४.०३ र अन्य १५.१ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ ११.३३, व्यापार ७.३४, होटल तथा पर्यटन २.५८, विकास बैंक २४.९६, वित्त १०.३९, निर्जीवन बीमा ३२.९५, उत्पादन ७१.१६, लघुवित्त ३१.०६, जीवन बीमा ११६.०२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.१६ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ४४ लाख २४ हजार १४१ बराबरको कारोबार भयो । यस्तै, दूरसञ्चार कम्पनी रु १९ करोड ६ लाख २६ हजार १९७, नेशनल हाइड्रोपावर रु १४ करोड ४३ लाख ८१ हजार ७८५, नेपाल लाइफ इन्स्योरेन्स रु १३ करोड चार लाख चार हजार ७७९ र अरुण भ्याली हाइड्रोपावर कम्पनी रु १० करोड १९ लाख २८ हजार ४७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नेशनल हाइड्रोपावर ४.५३, सपोर्ट माइक्रोफाइनान्स ३.९६, युनिभर्सल पावर कम्पनी ३.०२, छ्याङदी हाइड्रापावर २.९७ र युनियन हाइड्रोपावर लगानीकर्ताले २.७० प्रतिशतले कमाए । हिमालयन जनरल इन्स्योरेन्स ४.५८, तेह्रथुम पावर कम्पनी ४.०२, सामलिङ पावर कम्पनी ३.६५, नारायणी डेभलपमेन्ट बैंक ३.१४ र शिवम सिमेन्टका लगानीकर्ताले ३.०५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : ५४ बजे

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी