किन अभिनयबाट संन्यास लिँदैछन् आमिर ? « Khabarhub

किन अभिनयबाट संन्यास लिँदैछन् आमिर ?


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता आमिर खानको आफ्नै फ्यान छन् । उनको फिल्मले आक्रामक व्यापार गर्दैन । तर, रफ्तार विस्तारै बढाउँछ। आमिरले फिल्ममा आफूलाई पात्रमै ढाल्ने गर्छन्  । त्यसैले दर्शकका प्रिय छन्, आमिर । तर, उनलाई पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पश्चात पर्दामा देख्न पाइएको छैन । कोरोना भाइरसको महामारीले गर्दा केहि ढिलाई भएको उनको फिल्म ‘लाल सिंह चड्डा’ केहि महिना पश्चात रिलिज हुँदैछ।

यसै बीच उनले एक इभेन्टमा बोल्दै आफुले फिल्म छाड्न लागेको र सन्यास लिने बताएका छन् । ‘विगत दुई वर्ष यता मैंले फिल्म छाड्ने निर्णय लिएर अन्य फिल्म गरेको छैन । मैंले यो कुरा परिवारसँग निकै हिम्मत जुटाएर भने’ आमिरले भने । आइडियाज अफ इन्डिया नामक इभेन्टमा बोल्दै उनले यो कुरा अहिले सार्वजनिक रुपमा नभन्ने सोच रहेको सुनाए ।

‘मैंले अभिनयमा संस्यास लिँदै छु भन्दा मैंले मार्केटिङ गरे भन्ने लाग्न सक्छ’ आमिरले भने ,’त्यसैले म विस्तारै काम गर्न छाड्दै छु । नयाँ फिल्म गर्दै छैन ।’ उनले आउँदो समय आफ्नो परिवारसँग बिताउने बताएका छन् । इभेन्टमा बोल्दै उनले आउँदो समयमा अभिनयसँगै निर्माणमा समेत आफ्नो उपस्थिति नहुने बताएका छन् । उनले यो आफ्नो परिवारलाई सुनाउँदा आँखा रसाएको समेत सुनाए ।

‘मैंले किरण सहित परिवारलाई सुनाउँदा आफ्नै आँखा समेत रसाए । मैंले मनबाटै फिल्म छाडिसकेको थिएँ । त्यहि निर्णय कन्भिन्स गर्ने तरिकाले परिवारलाई सुनाएँ । उनीहरुले मसँग कुनै वाद विवाद गरेनन्’ आमिरले भने । उनले परिवारसँग आफूले समय बिताउन चाहेको बताएका थिए । उनी अब आफ्नो समय परिवारलाई दिन चाहन्थे । त्यहि कुरा सुनाए । यद्दपि पत्नी किरण रावले निर्णयमा फेरी सोच्न आग्रह गरिन् ।

‘किरणले म भित्रको फिल्मलाई चिनेकी छिन् । उनले मसँग रुँदै फिल्मसँग अलग नहुन आग्रह गरिन् । तर, म अब यो सब गर्न चाहँदिन थिएँ ‘ उनले भने । आमिरले यो कुरा परिवार भन्दा बाहिर पनि भन्न चाहेका थिए । तर, फिल्म रिलिज हुने समयमा यस्तो घोषणा उपयुक्त हुँदैन भनेर रोकिए । उनलाई यो मार्केटिङ पोलिसी नलागोस्  भन्ने थियो ।

‘म तपाईंहरूसँग मेरो समय बिताउन चाहन्छु । किरण र उनका आमाबाबु, रीना र उनका आमाबाबु, मेरा छोराछोरी, मेरो परिवार’ आमिरले परिवारलाई कन्भिन्स गरे । उनले आउँदो समयमा फिल्मसँग जोडिएको गतिविधि आफूले नगर्ने समेत बताएका छन् । उनले फिल्म छाड्ने निर्णय लिएपछि छोरी इरा खानसँग काम गरिरहेका छन् । ‘मैंले पछिल्लो ३० वर्षमा परिवारसँग बिताएको समय भन्दा यो तीन महिनामा बढी समय बिताएछु’ आमिरले ठट्यौली शैलीमा भने । उनले मुम्बईमा आइडियाज अफ इण्डिया कार्यक्रममा फिल्म उद्योग छोड्ने योजना बताएको भारतीय मिडियामा उल्लेख छ ।

‘लालसिंह चड्डा रिलिजपछि अबको तीन–चार वर्षसम्म म केही गर्छु भनेर कसैले पत्तै पाउँदैनन् । त्यतिञ्जेल म यहाँबाट हराउने छु । अब आराम गर्ने समय हो’ आमिरले भने । उनले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ आफ्ना फेभरेट हिरो टम ह्यांक्सलाई देखाउने प्रयास समेत गरिरहेका छन् । यो फिल्म टमकै ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । द टर्मिनल, क्याप्टेन फिलिप, कास्ट अ वे लगायतका फिल्ममा अभिनय गरेका टपकै शैली आमिरले पछ्याउने गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  २ : ५३ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण