रुसी उर्जा त्याग्ने मुलुकलाई क्यानाडाले सहयोग गर्ने « Khabarhub

रुसी उर्जा त्याग्ने मुलुकलाई क्यानाडाले सहयोग गर्ने


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी उर्जा त्याग्ने मुलुकहरुलाई क्यानाडाले सहयोग गर्ने भएको छ । क्यानाडाका प्रकृतिक श्रोत मन्त्री जोनाथन विल्किन्सनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अब क्यानाडाले विश्व उर्जा बजारमा थप ग्यास, तेल र युरेनियम उपलब्ध गराउने छ ।

‘रुसी ग्यास र तेल प्रतिस्थापनका लागि सहयोग गर्न’ धेरै मुलुकहरु प्रतिबद्ध रहेको विल्किन्सनको भनाइ छ । हाल विश्वको चौथो ठूलो तेल उत्पादक मुलुक क्यानाडाले यसका लागि २ लाख ब्यारेल प्रतिदिन थप तेल उत्पादन गर्ने उनले जनाए । त्यस्तै, उर्जा बजारमा १ लाख ब्यारेल थप प्रकृतिक ग्यास आपूर्ति गर्न समेत क्यानाडा तयार रहेको उनको भनाइ छ ।

विश्वका उर्जा मन्त्रीहरुले अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आईए) को पेरिसमा बसेको बैठकमा उर्जा उत्पादन बढाउन आह्वान गरेसँगै क्यानाडाका तर्फबाट यस्तो भनाइ आएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै विश्वमा उर्जाको मूल्य अकासिएका बेला क्यानाडाको नयाँ घोषणालाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ३ : ५० बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स