केही समयका लागि कपिलको शो रोकिने « Khabarhub

केही समयका लागि कपिलको शो रोकिने


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– कमेडीमा छुट्टै पहिचान स्थापित गरेका कपिल शर्माले आफ्नो शो ’द कपिल शर्मा शो’ केही समयका लागि रोक्ने भएका छन् ।

एक महिना लामो अमेरिका–क्यानाडाको टुरमा जाने भएपछि उनको शो प्रसारण नहुने भएको हो । चर्चित कमेडी रियालिटी शो ’द कपिल शर्मा शो’ का केही ब्याकअप एपिसोड छायांकन गर्ने लक्ष्य राखिएता पनि त्यो पूरा नहुने देखिएपछि एक महिनासम्म शो प्रसारण नहुने सम्भावना बढेको हो ।

तर, शो प्रसारण हुने च्यानल सोनीले पुरानै शो पनि प्रसारण गर्न सकिने संकेत गरेको छ । यद्यपि, च्यानलले यसबारेमा आधिकारिक रूपमा केही बोलेको छैन । यसअघि पनि कपिलले बेलाबेलामा शो स्थगित गरिरहेका थिए ।

उनले लकडाउनमा गेस्टको कमि भएपछि र आफू पिता बनेपछि शो स्थगित गरेका थिए । त्यस अगाडि पनि आफ्नो टीमका सुनिल ग्रोवरसँग झगडा परेपछि उनले शो रोकेका थिए ।

यद्यपि यसपटक शो रोकिन्छ वा पुरानै शो टेलिभिजनले देखाउँछ यो भने केही दिनमा थाहा हुने नै छ । कमेडियन शर्मा जुनको मध्यतिर अमेरिका–क्यानडा टुरका लागि जाने तयारीमा छन् । त्यहाँ उनी एक महिना बस्ने छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : ३५ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ