रुसी प्रोपागाण्डा बजाउने अमेरिकी रेडियो सञ्चालक भन्छन् – ‘बाक् स्वतन्त्रताको पक्षधर हुँ’ « Khabarhub

रुसी प्रोपागाण्डा बजाउने अमेरिकी रेडियो सञ्चालक भन्छन् – ‘बाक् स्वतन्त्रताको पक्षधर हुँ’


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल विश्वका विभिन्न मुलुहरुले रुसी प्रोपागाण्डालाई रोक्न भन्दै रुसी सरकारद्वारा सञ्चालित आरटी टेलिभिजन, स्पुत्निक रेडियो र यस्तै मिडियाहरुलाई धमाधम प्रतिबन्ध लगाउँदै आएका छन् ।

तर, अमेरिकामा एउटा रेडियो स्टेशनले रुसी रेडियो कार्यक्रम प्रस्तुत गरिरहेको छ । अमेरिकाको मिसौरी राज्यस्थित कान्सास शहरको नजिकै रहेको एउटा सानो रेडियो स्टेशनले रुसी कार्यक्रम प्रसारण गरेको हो ।

उक्त रेडियो स्टेशनका सञ्चालक पिटर स्कारटलको रेडियो स्टेशन ‘रेडियो लिबर्टी’ ले रुसी रेडियो स्पुत्निकद्वारा उत्पादित कार्यक्रम प्रसारण गर्दै आएको हो ।

उनले सन् २०२० देखि रुसी कार्यक्रम प्रसारण गर्न थालेका हुन् । तर उनी रुसले युक्रेनमाथि आक्रमण गरेपछि भने यो कार्यक्रम बन्द गर्न चौतफी दबाब झेलिरहेका छन् ।

उनले समाचार संस्था एपीलाई बताएअनुसार धेरैले उनी र उनकी श्रीमतीलाई देशद्रोही भन्दै धम्कीहरु पनि दिइरहेका छन् । यसबाहेक केही आलोचकहरुले पनि उनले रुसी प्रोपागाण्डा र दुष्प्रचारलाई बढावा दिइरहेको आरोप लगाउने गरेका छन् । उनका अनुसार उनलाई धेरै धम्की पनि आइरहेको छ । तर उनी आफू बाक् स्वतन्त्रताको पक्षधर रहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘मेरो आलोचना गर्ने र धम्की दिनेहरुले कार्यक्रम नै सुनेका छैनन् ।’

‘केही मसँग कुरा गर्छन् तर अरु केही भने मलाई खै केजातिको डल्लो सम्म भन्छन् ।’ उनले भन्छन्, ‘तर म त्यस्तो देशमा छु, जहाँ यस्तो भन्ने अधिकार छ । उनीहरुले अभिव्यक्ति स्वतन्त्रताबारे नसोचे पनि यसको अभ्यास गरिरहेका छन्, यसका लागि म आभारी छु ।’

रेडियो स्पुत्निकका कार्यक्रम अमेरिकामा अवस्थित रोसिया सेगदन्याले उत्पादन गर्दै आएको छ । यो रुस सरकारद्वारा सञ्चालित मानिन्छ ।

गत मार्च १ मा मात्रै अमेरिकाको राष्ट्रिय ब्रोडकाष्टिङ संघले रुस सरकार वा यससँग सम्बन्धित मिडियाबाट उत्पादित कार्यक्रम प्रसारण नगर्न आह्वान गरेको थियो ।

संघका अध्यक्ष एवम् प्रमुख कार्यकारी कर्टिस लेग्येटले विज्ञप्ति जारी गर्दै आफ्नो संगठन अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेपनि कुनै कारणबिनै रुसले युक्रेनमाथि आक्रमण गरेपछि चुप बस्न नसकेको बताउँछन् ।

‘हमी हाम्रो राष्ट्र दुष्प्रचारको विरुद्धमा एवम् स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उभियोस् भन्नेमा विश्वास राख्छौं ।’ उनले भने ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : ५९ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक