निर्वाचन आयोगको निर्णयहरूप्रति एमालेको आपत्ति, सत्तारूढ दललाई सघाएको आरोप « Khabarhub

निर्वाचन आयोगको निर्णयहरूप्रति एमालेको आपत्ति, सत्तारूढ दललाई सघाएको आरोप


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनसँग सम्बन्धित केही निर्णयप्रति एमालेले आपत्ति जनाएको छ ।

आयोगले निकालेको स्थानीय तह निर्वाचनका लागि मनोनयनका लागि तोकिएको दुई दिने समयप्रति एमाले स्थायी कमिटी बैठकले आपत्ति जनाएको हो ।

त्यस्तै आयोगले निर्वाचन मतपत्र हरियो रंगको बनाउने निर्णप्रति पनि एमाले स्थायी कमिटी बैठकले विरोध जनाएको हो । एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले पहिलो स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै आयोगको उक्त कार्यप्रति ध्यानाकर्षण गराएको जनाए ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्रको रङ बदल्ने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले सत्ता गठबन्धनको समझदारीमै आयोगले सबै गरिरहेको समेत आरोप लगाए । आयोगले दलहरुसँग परामर्श नगरि एउटा दल विशेषलाई फाइँदा पुग्ने गरि रङ निर्धारण गरेको आरोप लगाउँदै ओलीले यसको प्रतिवाद गर्न समेत नेताहरुलाई निर्देशन दिए ।

निर्वाचन आयोगको भूमिका तथस्ट हुनुपर्ने र सबैले विश्वास गर्ने खालको हुनुपर्ने उनको भनाइ छ । निर्वाचन आयोग अटेरी गरेर अगाडि बढीरहेको भन्दै ओलीले यो चिन्ताको विषय रहेको समेत बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : ३८ बजे

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला