निर्वाचन आयोगको निर्णयहरूप्रति एमालेको आपत्ति, सत्तारूढ दललाई सघाएको आरोप « Khabarhub

निर्वाचन आयोगको निर्णयहरूप्रति एमालेको आपत्ति, सत्तारूढ दललाई सघाएको आरोप


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनसँग सम्बन्धित केही निर्णयप्रति एमालेले आपत्ति जनाएको छ ।

आयोगले निकालेको स्थानीय तह निर्वाचनका लागि मनोनयनका लागि तोकिएको दुई दिने समयप्रति एमाले स्थायी कमिटी बैठकले आपत्ति जनाएको हो ।

त्यस्तै आयोगले निर्वाचन मतपत्र हरियो रंगको बनाउने निर्णप्रति पनि एमाले स्थायी कमिटी बैठकले विरोध जनाएको हो । एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले पहिलो स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै आयोगको उक्त कार्यप्रति ध्यानाकर्षण गराएको जनाए ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्रको रङ बदल्ने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले सत्ता गठबन्धनको समझदारीमै आयोगले सबै गरिरहेको समेत आरोप लगाए । आयोगले दलहरुसँग परामर्श नगरि एउटा दल विशेषलाई फाइँदा पुग्ने गरि रङ निर्धारण गरेको आरोप लगाउँदै ओलीले यसको प्रतिवाद गर्न समेत नेताहरुलाई निर्देशन दिए ।

निर्वाचन आयोगको भूमिका तथस्ट हुनुपर्ने र सबैले विश्वास गर्ने खालको हुनुपर्ने उनको भनाइ छ । निर्वाचन आयोग अटेरी गरेर अगाडि बढीरहेको भन्दै ओलीले यो चिन्ताको विषय रहेको समेत बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : ३८ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने