युरोपेली अन्तरिक्ष एजेन्सीद्वारा रुससँग मिलेर थालेको मंगल अभियान स्थगित « Khabarhub

युरोपेली अन्तरिक्ष एजेन्सीद्वारा रुससँग मिलेर थालेको मंगल अभियान स्थगित


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले रुसी निकायसँग मिलेर थालेको मंगल ग्रह अभियान स्थगित गर्ने घोषणा गरेको छ ।

ईएसएले रुसको राज्य सञ्चालित रोस्कोस्मोस अन्तरिक्ष निकायसँग मिलेर थालिएको एक्सोमार्स अभियान अनिश्चितकालसम्मका लागि स्थगन गरिएको जनाएको हो ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित ईएसएको परिषद् बैठकले यस्तो निर्णय गरेको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमाथि आक्रमण गरेसँगै रुसी संस्थान एवम् महत्वपूर्ण व्यक्तिहरूमाथि युरोपेली मुलुकहरुले प्रतिबन्ध लगाएको अवस्थामा ईएसएको यस्तो घोषणा आएको हो ।

‘युक्रेनमाथिको आक्रमणबाट भएको मानवीय क्षति र दुःखपूर्ण नतिजाको हामी निन्दा गर्दछौँ ।’ ईएसएको विज्ञप्तिमा उल्लेख छ । ‘अन्तरिक्षको वैज्ञानिक अन्वेषणमा यसले पारेको प्रभावलाई स्वीकार गर्दै ईएसए रुसमाथि सदस्य मुलुकहरुले लगाएको प्रतिबन्धको पूर्ण पक्षमा छ ।’

यता रुसले भने ईएसएको यस्तो निर्णय ‘दुर्भाग्यपूर्ण’ रहेको टिप्पणी गरेको छ । ‘अन्तरिक्षप्रति चासो राख्ने सबैका लागि यो तितो निर्णय हो ।’ रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले बताएका छन् । उनले रुस एक्लैले अनुसन्धानात्मक अन्वेषणलाई जारी राख्ने समेत बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ६ : २० बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको