युरोपेली अन्तरिक्ष एजेन्सीद्वारा रुससँग मिलेर थालेको मंगल अभियान स्थगित | Khabarhub Khabarhub

युरोपेली अन्तरिक्ष एजेन्सीद्वारा रुससँग मिलेर थालेको मंगल अभियान स्थगित


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले रुसी निकायसँग मिलेर थालेको मंगल ग्रह अभियान स्थगित गर्ने घोषणा गरेको छ ।

ईएसएले रुसको राज्य सञ्चालित रोस्कोस्मोस अन्तरिक्ष निकायसँग मिलेर थालिएको एक्सोमार्स अभियान अनिश्चितकालसम्मका लागि स्थगन गरिएको जनाएको हो ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित ईएसएको परिषद् बैठकले यस्तो निर्णय गरेको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमाथि आक्रमण गरेसँगै रुसी संस्थान एवम् महत्वपूर्ण व्यक्तिहरूमाथि युरोपेली मुलुकहरुले प्रतिबन्ध लगाएको अवस्थामा ईएसएको यस्तो घोषणा आएको हो ।

‘युक्रेनमाथिको आक्रमणबाट भएको मानवीय क्षति र दुःखपूर्ण नतिजाको हामी निन्दा गर्दछौँ ।’ ईएसएको विज्ञप्तिमा उल्लेख छ । ‘अन्तरिक्षको वैज्ञानिक अन्वेषणमा यसले पारेको प्रभावलाई स्वीकार गर्दै ईएसए रुसमाथि सदस्य मुलुकहरुले लगाएको प्रतिबन्धको पूर्ण पक्षमा छ ।’

यता रुसले भने ईएसएको यस्तो निर्णय ‘दुर्भाग्यपूर्ण’ रहेको टिप्पणी गरेको छ । ‘अन्तरिक्षप्रति चासो राख्ने सबैका लागि यो तितो निर्णय हो ।’ रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले बताएका छन् । उनले रुस एक्लैले अनुसन्धानात्मक अन्वेषणलाई जारी राख्ने समेत बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ६ : २० बजे

प्रचण्डले लोकेन्द्रलाई भनेका थिए- बाबुरामले छाड्नु भयो, अब तपाईं फर्किनुस्

काठमाडौं- लोकेन्द्र विष्ट मगरले नेकपा माओवादी केन्द्र छाडेको नै १२

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

फिक्कल– इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तित

काभ्रेमा सुरु भयो नमोबुद्ध जात्रा : पितृको सम्झनामा ‘दीप प्रज्वलन’

काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा बुधबार नमोबुद्ध

टिपर दुर्घटनामा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भीरमा आज बिहान टिपर दुर्घटना

‘उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु’

एजेन्सी – उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतंकवादीहरूबिच भएको गोलीबारीमा