युद्धग्रस्त कृष्ण सागरबाट आएको धराप हटाउन बस्फोरसको स्ट्रेट बन्द « Khabarhub

युद्धग्रस्त कृष्ण सागरबाट आएको धराप हटाउन बस्फोरसको स्ट्रेट बन्द


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धराप हटाउन भन्दै टर्कीले भू रणनीतिक रुपमा महत्वपूर्ण बस्फोरसको स्ट्रेट बन्द गरेको छ । कृष्ण सागर र भूमध्य सागरलाई जोड्ने उक्त स्ट्रेटलाई टर्कीले बन्द गरेको हो ।

कृष्ण सागरको तटीय सीमा युक्रेन र रुससँग जोडिन्छ भने मध्यपूर्व, उत्तर अफ्रिका र दक्षिणी युरोपसँग भूमध्य सागरको सीमा जोडिन्छ । नोभोरोसिस्क, सोची, मारिउपोल, ओदेसाजस्ता रुसी एवम् युक्रेनी बन्दरगाह कृष्ण सागरकै तटमा अवस्थित छन् ।

द्वन्द्वग्रस्त कृष्ण सागरबाट तैरिदै आएको ठानिने समुद्री धराप हटाउन बस्फोरसको स्ट्रेट बन्द गर्नु परेको टर्किस विदेशमन्त्रीलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । केही दिनअघिमात्रै सो क्षेत्रमा माझीहरुले पुरानो किसिमको समुद्री धराप फेला पारेको समाचार सार्वजनिक भएको थियो ।

यसबारे युक्रेनी एवम् रुसी सुरक्षा अधिकारीसँगको सहकार्यमा धराप निष्कृय पारिएको जनाइएको छ । यसक्रममा इस्तानबुल शहरमा ठूलो विष्फोटको आवाज समेत सुनिएको अल जजीराले जनाएको छ ।

यसबाट केही समय सामुद्रिक पारवहन रोकिएपनि पुनः सञ्चालनमा आएको बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ६ : ४५ बजे

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक