आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा | Khabarhub Khabarhub

आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ।

मंगलबार राति पुनेमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो ।

राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो । उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो ।

बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३, वानिन्दु हसरंगा १८, साहबाज अहमेदले १७ रन जोड्दा रजत पाटिदरले १६ रन बनाए ।

राजस्थानका कुलदिप सेनले ४ विकेट लिए भने रविचन्द्र आश्विनले ३ र प्रसिद्ध किसनले २ विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको राजस्थानका रियान परागले ५६, कप्तान सन्जु सामसनले २७ रन बनाउँदा रविचन्द्र आश्विनले १७ रन जोडे । बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले दुईदुई विकेट हात पारे ।

जितसँगै राजस्थानले ८ खेलमा १२ अंक जोडेको छ ।
पाँचौं स्थानको बैंगलोरले ९ खेलमा १० अंक बनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ४८ बजे

आज शतबीज छरिँदै : यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा

काठमाडौं – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो।

आज २०८० साल मंसिर २५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २५ गते सोमबार। ज्योतिष

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म