मारियोपोलमा रहेका सर्वसाधरणलाई बाहिर निकाल्न रुस सहमत « Khabarhub

मारियोपोलमा रहेका सर्वसाधरणलाई बाहिर निकाल्न रुस सहमत


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले, युक्रेनी सहर मारियोपोलमा रहेका सर्वसाधरणलाई बाहिर निकाल्न सहयोग गर्ने सहमति जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँगको भेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारियोपोलमा रहेको अजोभस्टल स्टिल प्लान्टबाट सर्वसाधारणलाई बाहिर निकाल्न संयुक्त राष्ट्रसंघ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको संलग्नतामा सैद्धान्तिक सहमति जनाएको बीबीसीले जनाएको छ ।

यसबारेमा संयुक्त राष्ट्रसंघको मानवीय मामिलाको समन्वयको कार्यालय र रुसी रक्षा मन्त्रालयसँग थप छलफल हुनेछ। युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेस रुसको राजधानी मस्को  पुगेका हुन् ।

उनले त्यहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गरेका छन् । गुटरेसले रुसी विदेशमन्त्री लाभरोभलाई युद्ध अन्त्य गर्नैपर्ने बताएका थिए ।

कुराकानीका क्रममा गुटरेसले युक्रेनमा युद्ध अन्त्य गर्न सम्भव भएसम्म सबै प्रयास गर्नुपर्नेमा जोड दिए । उनले आफूले वार्ता, युद्धविराम र अन्ततः शान्तिका लागि परिस्थिति निर्माण गर्न सहयोग गर्न चाहेको बताएका छन् ।

रुस–युक्रेन युद्धमा संयुक्त राष्ट्रसङ्घले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेको अवस्थामा गुटरेसको भ्रमण र कुराकानीलाई महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ५७ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा