मारियोपोलमा रहेका सर्वसाधरणलाई बाहिर निकाल्न रुस सहमत « Khabarhub

मारियोपोलमा रहेका सर्वसाधरणलाई बाहिर निकाल्न रुस सहमत


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले, युक्रेनी सहर मारियोपोलमा रहेका सर्वसाधरणलाई बाहिर निकाल्न सहयोग गर्ने सहमति जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँगको भेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारियोपोलमा रहेको अजोभस्टल स्टिल प्लान्टबाट सर्वसाधारणलाई बाहिर निकाल्न संयुक्त राष्ट्रसंघ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको संलग्नतामा सैद्धान्तिक सहमति जनाएको बीबीसीले जनाएको छ ।

यसबारेमा संयुक्त राष्ट्रसंघको मानवीय मामिलाको समन्वयको कार्यालय र रुसी रक्षा मन्त्रालयसँग थप छलफल हुनेछ। युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेस रुसको राजधानी मस्को  पुगेका हुन् ।

उनले त्यहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गरेका छन् । गुटरेसले रुसी विदेशमन्त्री लाभरोभलाई युद्ध अन्त्य गर्नैपर्ने बताएका थिए ।

कुराकानीका क्रममा गुटरेसले युक्रेनमा युद्ध अन्त्य गर्न सम्भव भएसम्म सबै प्रयास गर्नुपर्नेमा जोड दिए । उनले आफूले वार्ता, युद्धविराम र अन्ततः शान्तिका लागि परिस्थिति निर्माण गर्न सहयोग गर्न चाहेको बताएका छन् ।

रुस–युक्रेन युद्धमा संयुक्त राष्ट्रसङ्घले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेको अवस्थामा गुटरेसको भ्रमण र कुराकानीलाई महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ५७ बजे

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका