राष्ट्रसंघका महासचिवद्वारा पुटिनसँग भेटवार्ता « Khabarhub

राष्ट्रसंघका महासचिवद्वारा पुटिनसँग भेटवार्ता


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिवले युक्रेनमा जारी मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका छन् । रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले रुसी आक्रमणका कारण युक्रेनमा उत्पन्न मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका हुन् ।

टर्कीको भ्रमण सकेर उनी मंगलबार रुस पुगेका हुन् । रुसमा रहँदा महासचिव गुटेरेजले विदेशमन्त्री सर्गेइ लाभ्रोभसँग पनि भेटवार्ता गरेका थिए ।

राष्ट्रपति पुटिनसँगको भेटवार्ताका क्रममा गुटेरेजले रुसी आक्रमणले युक्रेनको भौगोलिक अखण्डता एवम् सार्वभौमिकताको उल्लंघन भएको बताएका थिए ।

साथै उनले रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनी शहर मारिउपोलस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा फसिरहेका मानिसहरुको उद्धारका लागि पनि पुटिनसमक्ष आग्रह गरेका थिए ।

जवाफमा राष्ट्रपति पुटिनले रुसी सेनाले सो क्षेत्रमा मानवीय करिडोरको प्रस्ताव गरेको बताउँदै उल्टै युक्रेनी फौजले सर्वसाधारणलाई मानव ढालको रुपमा प्रयोग गरेको आरोप लगाए ।

यद्यपि त्यहाँबाट संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रस समितिको रोहबरमा एजोभस्तल क्षेत्रबाट उद्धार कार्य गर्न दिन पुटिनले ‘सैद्धान्तिक’ सहमति जनाएको जर्मन टेलिभिजन च्यानल डीडब्लूले जनाएको छ ।

भेटवार्ताका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा जारी द्वन्द्वको समाधान वार्ताको माध्यमबाटै हुने अझै आशा रहेको बताएका थिए ।

‘सैनिक कारवाही जारी रहेको वास्तविकताका बावजुद हामी कूटनीतिक माध्यमबाट सहमतिमा पुग्छौँ भन्ने हाम्रो अपेक्षा छ ।’ पुटिनलाई उद्धृत गर्दै रेडियो फ्रि युरोपले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १२ : ४८ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा