रसुवामा आठ उम्मेदवारविरुद्ध उजुरी « Khabarhub

रसुवामा आठ उम्मेदवारविरुद्ध उजुरी


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा मनोनयन दर्ता गरेका आठ जना विरुद्ध उजुरी परेको छ ।

आमाछोदिङ्मो गाउँपािलका अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला सदस्यविरुद्ध एक र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको हो ।

आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलका अनुसार एमाले उम्मेदवारविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले, कांग्रेसका उम्मेदवारविरुद्ध एमालेलेका उम्मेदवारले उजुरी दिएका छन् ।

यस्तै तीन सदस्य पदका लागि पनि उजुरी दिएको उनको भनाइ छ । ‘सदस्य पदका लागि तीनवटा उजुरी आएको छ, तर अन्य व्यक्तिले गरेका कारण यसको अर्थ रहँदैन,’ उनले भने ।

गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारले उजुरी हालेका छन् । कांग्रेसबाट उम्मेदवार दिएकाविरुद्ध आफू कार्यरत संस्थाबाट राजीनामा नदिएको भन्दै उजुरी दर्ता आएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

उत्तरगया गाउँपालिका दलित महिला सदस्यविरुद्ध दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी परेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : २८ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने