युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रमा श्रृङ्खलाबद्ध विष्फोट « Khabarhub

युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रमा श्रृङ्खलाबद्ध विष्फोट


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनसँग सीमा जोडिएका रुसी भूभागमा श्रृङ्खलाबद्ध विष्फोट भएका छन् । बुधबार बिहान युक्रेनसँग सीमा जोडिएका रुसका तीन क्षेत्रहरुमा श्रृङ्खलाबद्ध विष्फोट भएको हो ।

रुसको कुर्स्क क्षेत्रका गभर्नर रोमन स्टारोभोयटले कुर्स्क शहरमा विष्फोट भएको जनाएका छन् । यद्यपि यस विष्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक नभइसकेको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

त्यसैगरी युक्रेनसँग सीमा जोडिएको भोरोनेज क्षेत्रको राजधानी शहरमा पनि दुई विष्फोट भएको रुसको तास समाचार संस्थाले जनाएको छ ।

अर्कोतर्फ युक्रेनसँग सीमा जोडिने रुसको बेल्गोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले स्टाराया नेलिदोभ्का गाउँमा रहेको गोलीगठ्ठा भण्डारणमा आगलागी भएको जनाएका छन् ।  यद्यपि यस घटनामा कुनै मानवीय क्षति नभएको र आगलागी तुरुन्तै नियन्त्रणमा लिइएको उनले बताए ।

यसअघि रुसले बेल्गोरोद क्षेत्रमा रहेको इन्धन भण्डारणमा युक्रेनी पक्षले आक्रमण गरेको आरोप लगाएको थियो ।

यसबाहेक पछिल्ला केही दिनयता युक्रेनसँग सीमा जोडिएका रुसका पश्चिमी क्षेत्रमा रहेका पूर्वाधारहरूमा आगलागी, विष्फोटजस्ता घटना सार्वजनिक हुने गरेका छन् ।

यद्यपि यस्ता घटनाबारे युक्रेनले हालसम्म कुनै टिप्पणी नगरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ४ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा