आकाशको कार्यकाल : पाँच वर्षमा पाँच उपलब्धि | Khabarhub Khabarhub

आकाशको कार्यकाल : पाँच वर्षमा पाँच उपलब्धि



काठमाडौँ– सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय नेपाल सरकारले गरेसँगै यसको स्वागत भइरहेको छ ।

विशेष गरि नेपाली फिल्मसँग जोडिएका क्षेत्रले यसको स्वागत गरेका छन् । नेपाली फिल्मले सातामा एक दिन मात्र विकेन्ड पाइरहेको सन्दर्भमा यो अब दुई दिनमा परिणत भएको छ । यसले नेपाली निर्मातालाई राहत दिलाउने निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए ।

अधिकारी निर्माता सङ्घमा अध्यक्ष निर्वाचित भएकै समयमा उनले नेपालमा दुई दिन बिदा हुनु पर्ने माग राखेका थिए । आज घोषणा भएपछि आफूलाई निकै खुशी लागेको अध्यक्ष अधिकारीले प्रतिक्रिया दिए । ‘मैले उठाएको विषयले पूर्णता पाउँदा उत्साहित छु । यद्यपि यसमा मसँगै सम्पूर्ण फिल्मकर्मीहरुले आवाज उठाउनु भएको हो’ अध्यक्ष अधिकारीले भने ।

आउँदो जेठ १४ मा उनको संघको साधारण सभा हुँदैछ । त्यसको एक महिना भित्र नयाँ नेतृत्वका लागि समेत चुनावी सभा हुनेछ । तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएता पनि अधिकारीले पाँच वर्ष बिताइसकेका छन् । उनले आफ्नो कार्यकालमा आफूले उठाएको विषयलाई पूर्ण गरेको बताए । ‘केही विषयलाई अझै अगाडि बधाइ रहेको छु । यद्यपि केहीले पूर्णता पाएका छन् । तिनको फाइदाहरू आउँदो समयमा देखिने छ’ अध्यक्ष अधिकारीले भने ।

उनले बुँदागत रूपमै आफ्नो कार्यकालमा पाँच कार्य भएको स्मरण गरेँ । नेपाली फिल्मलाई राष्ट्रिय प्राथमिकताको उद्योगमा रूपान्तरण , भारतमा सहज रूपमा फिल्मको सेन्सर , प्रोजेक्ट बीमा , बक्स अफिस जडान र साताको दुई दिन बिदा आफूले उठाएका विषयलाई सम्पन्न गरेको अध्यक्ष अधिकारीले बताए । उनले नेपाल झैँ भारतमा पनि सेन्सरको लागि नेपाली निर्माताले अब समस्या भोग्नु नपर्ने बताएका छन् ।

No description available.

‘हाम्रो नेपालमा अन्तिम समयमा विदेशी फिल्मले सेन्सर गर्न पाउने तर हामीले भारतमा गएर एक महिना बसेर मात्र डेट लिनु पर्ने समस्याको समाधान भएको छ’ अध्यक्ष अधिकारीले भने । उनका अनुसार अब नेपाली निर्माताले भारतीय भाषामा ट्रान्सलेट नगरेरै नेपालबाट नै सेन्सर रिक्वेस्टको लागि प्रक्रिया गरेर डेट लिन सक्नेछन् । ‘हामीले नेपालमै बसेर प्रक्रिया अनुसार सेन्सरको लागि डेट पाएका छौँ । यसले नेपाली निर्मातालाई राहत दिएको छ’ उनले भने ।

अध्यक्ष अधिकारीले दोस्रो सफलताको रुपमा नेपाली फिल्म क्षेत्र वा नगरीलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रुपमा पार्न सफल भएको बताए । ‘संसदबाट नै फिल्म क्षेत्र राष्ट्रिय प्राथमिकताको उद्योगका रुपमा परिसकेको छ ।

यसलाई चलाउने कानुन र कार्यविधि बनेपछि यसको फाइदा निर्माताहरूले महसुस गर्न पाउनु हुनेछ’ अध्यक्ष अधिकारीले भने । उनका अनुसार एक पटक संसदबाट फेल भइसकेको प्रस्तावलाई पुनः दर्ता गराएर पास गराइएको हो । सेवा मूलक उद्योगबाट राष्ट्रिय प्राथमिकताको उद्योगमा परेपछि अब फिल्म उद्योग पनि कृषि र पर्यटनकै हाराहारीमा पुगेको छ ।

अध्यक्ष अधिकारीले तेस्रो सफलताको रुपमा प्रोजेक्ट इन्सुरेन्सलाई लिएका छन् । नेपाली फिल्मको इन्सुरेन्स गर्न लुम्बिनी इन्सुरेन्ससँगको सहकार्यमा ‘प्रोजेक्ट बीमाु ल्याएका हुन् । नेपाली फिल्मको कुल लगानीको १ प्रतिशत रकम बुझाएर निर्माताले प्रोजेक्ट बीमा गर्न पाइरहेका छन् । यसले हुने क्षतिलाई कम गर्छ । प्रोजेक्ट बीमा गरेवापत निर्माताले तिर्ने रकमबाट केहि निर्माता संघलाई पनि आउँछ’ अध्यक्ष अधिकारीले भने ।

अध्यक्ष अधिकारीले आफूले विगत डेढ दशक यता उठाउँदै आएको बक्स अफिसले आफ्नो कार्यकालमा कार्यन्वयन भएको बताए । ‘मैले विगत देखि पारदर्शिताको कुरालाई उठाउँदै आइरहेको छु । तर , ती सब मेरो एकल प्रायशले सम्भव भएका होइनन् । यसमा सम्पूर्ण निर्माता संघ र फिल्मकर्मीको साथ् छु’ उनले भने । यद्दपी आफूले चाहेको बक्स अफिस प्रणाली अझै प्रक्रियामै रहेको अध्यक्ष अधिकारीले बताए । ‘मैले सोचेको बक्स अफिस अझै भइसकेको छैन । यद्यपि सुरुवात भएको छ । यो विस्तारै हुँदै जाने प्रक्रिया हो’ अध्यक्ष अधिकारीले भने ।

यस्तै, उनले सरकारसँग पहिला देखि नै साताको दुई दिन बिदा दिन माँग राख्दै आइरहेको बताए । जसलाई सरकारले आज कार्यन्वयन गरेको छ । ‘साताको दुई दिन विदाको माँग हाम्रो मात्र नहुन सक्छ । यद्यपि मैले र निर्माता संघले सम्बद्ध निकायमा यो विषयमा कुरा गर्दै आइरहेको छुु उनले भने । साताको एक दिन बिदा हुँदा आफ्नो परिवारलाई समय दिने कि फिल्म हेर्न निस्किने भन्ने द्विविधा हुने उनले बताए । ‘मेरै फिल्म कोहिनूरको समयमा एक होटेलमा पुग्दा बिदा नभएकै कारण फिल्म हेर्न नपाएको सुनेको थिए । त्यसैले पनि साताको दुई दिन भएको विदाले नेपाली फिल्मलाई फाइदा नै पर्‍याउँछु’ अध्यक्ष अधिकारीले भने ।

आफूले जहिले पनि नीतिगत रुपमा बलियो हुनुपर्ने विषयमा अडान राख्दै आएको बताउने अध्यक्ष अधिकारीले नेपाली फिल्म मार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन सक्ने विषयलाई अगाडि बढाई रहेको बताए । ‘फिल्म मार्फत पर्यटनलाई टेवा पुर्याउन सकिन्छ । विदेशमा यो अभ्यास भईरहेको छ । यहाँ किन नगर्ने ?’ उनले भने । आफूले उद्योग मन्त्रालयका सचिवलाई पर्यटन क्षेत्र तोकिएका स्थानमा नेपाली फिल्म, विज्ञापन, म्युजिक भिडियो लगायतलाई छायांकनमा सहायता पुर्याएर फिल्म मार्फत पर्यटन प्रवर्द्धनका विषयमा बुँदागत रूपमै फाइल बुझाएको बताए ।

उनले आफ्नो कार्यकालमा पाएको उपलब्धि फिल्मकर्मीको साथ र उद्योग वाणिज्य संघसँगको सहकार्यका कारण सम्भव भएको बताएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ३५ बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक