‘लाइफ इन एल ए’ मा अमेरिकन लाइफ (भिडियो) « Khabarhub

‘लाइफ इन एल ए’ मा अमेरिकन लाइफ (भिडियो)


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘लाइफ इन एल ए’ को ट्रेलर सार्वजनिक भएको छ। 

अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि पुगेको व्यक्तिहरूको जीवनीमा आधारित फिल्ममा लस एञ्जल्सको लाइफ मार्फत चित्रण गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतार-चढाव र विदेशमा बस्ने नेपालीको लाइफ स्टाइल समावेश गरिएको छ ।

त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सूर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतीक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठको स्वर छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई  ब्यास बिस्सुले निर्माण गरेका हुन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्ममा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन र, कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।

अमेरिकाको विभिन्न राज्यमा च्यारेटी शो गरिएको फिल्म नेपालमा भने आउँदो जेठ ६ मा प्रदर्शन हुने छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ५१ बजे

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको