अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्विडेन जाँदै | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्विडेन जाँदै


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का ‘स्विडेन ओपन वोर्ल्ड र्‍याङ्किङ जी टु’ प्रतियोगितामा सहभागी हुन भोलि स्विडेन जाँदै छन्। अप्रिल ३० देखि मे १ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का स्विडेन जान लागेका हुन्।

सो प्रतियोगिता स्विडेनको राजधानी स्टकहोममा आयोजना हुन लागेको हो।

खड्कालाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश समशेर राणाले आज एक कार्यक्रमका बीच बिदाइ गरेका छन्।

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले ग्योरोगी विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय रेफ्री लाइसेन्स प्राप्त गरेका छन्। भर्खरै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले उनलाई समग्र खेल बिधा मध्ये उत्कृस्ट निर्णायक ठहर गरि नगद १ लाखसहित सम्मान गरेको थियो।

त्यस्तै नेपालमा ग्योरोगी, पुम्से र पारा तीनै विधामा निर्णायकको लाइसेन्स प्राप्त गर्ने उनी एक मात्र निर्णायक हुन्।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ३३ बजे

दार्चुला–टिङ्कर सडक : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला– महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी

काठमाडौं – पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप

चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्छ : चीन

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति  सी

भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान

काठमाडौं – पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ

सुत्नुअघि अनुहारमा लगाउनुहोस् यी पाँच चीज, पाइने छ छालामा चमक

काठमाडौं– मानिसहर सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न