बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौँ सुन्धारा बस्ने ३९ वर्षीय सुमन नेपाली रहेका छन् ।
उच्च अदालत पाटनले उनीविरुद्ध ०७७/फागुन १७ गते बैंकिङ कसुर मुद्दामा ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा बुझाइएको छ ।

उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : १३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह