काजीको प्रेममा बमकाजी भिलेन (कबड्डी ट्रेलर) « Khabarhub

काजीको प्रेममा बमकाजी भिलेन (कबड्डी ट्रेलर)


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतीक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। 

१३ जेठमा रिलिज हुने फिल्मको कथा पछिल्लो ‘कबड्डी कबड्डी कबड्डी’ सकिएपछि सुरु गरिएको छ। फिल्मको कथा काजीको विवाह र बमकाजीको भिलेन रूपमै केन्द्रित छ । काजी गाउँमै शिक्षिकासँग प्रेममा नजिक हुँदै गर्दा बमकाजीको आगमनले घटाउने घटनाक्रमलाई फिल्ममा देखाइएको छ। 

फिल्म अघिल्लो सिरिज झैँ काजीको प्रेम यात्रा र त्यसमा बमकाजीको बाधामा केन्द्रित छ। निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्ममा काजीको भूमिकामा दयाहाङ राई, बमकाजीको भूमिकामा सौगात मल्ल र शिक्षिकाको भूमिकामा मिरुना मगर रहेकी छिन्। नेपाली फिल्मको हिट फ्रेन्चाइज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनिएको छ । यस शृंखलामा कथा सकाइने बताइएकाले गर्दा पनि फिल्म झनै प्रतीक्षित बनिरहेको छ ।

बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको फिल्ममा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ।

 फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ३४ बजे

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता (तस्बिरहरू)

काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै