रिभ्याम्प नेपालको तेस्रो संस्करण शनिबार हुने  « Khabarhub

रिभ्याम्प नेपालको तेस्रो संस्करण शनिबार हुने 


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रिभ्याम्प नेपालको तेस्रो संस्करण आगामी शनिबार ठमेलको छाया सेन्टरमा आयोजना हुने भएको छ। 

दिनभर चल्ने यस कार्यक्रममा नेपाली व्यावसायिक क्षेत्रमा हाल सक्रिय रहेका नयाँ उद्यम र व्यवसायीहरू तथा प्रमुख व्यापारिक संस्थाहरूको संलग्नता रहनेछ भने प्रवेश निःशुल्क रहने छ।

महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई प्रेरित गर्न मद्दतको लागि २०२१ को सुरुमा अवधारणा गरिएको रिभ्याम्प नेपाल कार्यक्रम फेब्रुअरी २०२१ मा र अगस्ट २०२१ मा भर्चुअल्ली आयोजना गरिएको थियो। 

हालै, अप्रिल २०२२ मा हुने तय गरिएको कम्पनीले जनाएको छ। तेस्रो संस्करणले सहभागीहरूलाई प्रत्यक्ष रुपमा सम्भावित ग्राहकहरू, ग्राहकहरू र साझेदारहरूसँग अन्तरक्रिया गर्न र आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्न मद्दत गर्ने प्लेटफर्म प्रदान गरेर हालको संघर्षरत बजारलाई मद्दत गर्ने प्रयत्न गर्ने छ। 

फाइब्रो नेपाल र आईडीया जार डिजिटलद्वारा संयुक्त रुपमा आयोजित रिभ्याम्प नेपालको यस तेस्रो संस्करणमा हाम्रोबजार डटकमः, सेल पे, हिमालयन जनरल इन्स्योरेन्स, फिनिक्स कलेज अफ म्यानेज्मेन्ट, उपाय सिटी कार्गो, फुड्मान्डु, नेपाल वायुसेवा, सुबिसु, रिलायवल भेन्चर क्यापिटल, जेनिस क्लाउड एकेडेमि, टेक साथी, किताब यात्रा, वेदा एप, मेरोअड्डा, अष्ट्रेन्ड्ली, सिस्क्युब टेक्नोलोजि, द डेनिस, आसियम प्रोड्क्सन, ओहो केक, टिग एप, माकुरा क्रिएसन, हाथी हाथी नेपाल, नेपाल पर्यटन बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायत संस्थाहरूको साझेदारी संलग्नता रहेको छ। 

कार्यक्रममा ५० भन्दा बढी उद्यम व्यवसायहरुको सहभागिता हुनेछ भने ३ हजारभन्दा बढी अवलोकनकर्ताहरूको उपस्थितिको अपेक्षा गरिएको कम्पनीले जनाएको छ। रिभ्याम्प नेपाल २०२२ बिहानको १०ः३० बजे सुरु भई साँझ ६ः३० मा समापन हुने छ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : ३१ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई