मकवानपुरमा ६ उम्मेदवारविरुद्ध उजुरी « Khabarhub

मकवानपुरमा ६ उम्मेदवारविरुद्ध उजुरी


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ६ उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाका ६ उम्मेदवारको विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

हेटौंडा १९ का वडा अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका नरनाथ सुवेदीविरुद्ध कर छलीको आरोपको उजुरी परेको छ । त्यसैगरी मनहरी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार मनिला विष्टविरुद्ध उजुरी परेको छ भने ३ नम्बर वडा अध्यक्षका उम्मेदवार अनन्तप्रसाद अर्याल विरुद्ध उजुरी परेको छ ।

नेकपा एसबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी विष्टलाई गाउँपालिका भित्र बेरुजु र अख्तियारको मुद्दा छानबिन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै उजुरी परेको हो भने नेपाली कांग्रेसको तर्फबाट मनहरीको ३ नम्बर वडा अध्यक्षका उम्मेदवार अर्याललाई विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित उजुरी परेको छ ।

बकैया गाउँपालिकाका ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार छाँया अधिकारी र नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवार भक्तबहादुर खत्री र माओवादीकै तर्फबाट ५ नम्बर वडाका उम्मेदवारविरुद्ध पनि उजुरी परेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ४१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस