सबै प्रदेशमा सभा गर्ने निर्णय गठबन्धनद्वारा संशोधन « Khabarhub

सबै प्रदेशमा सभा गर्ने निर्णय गठबन्धनद्वारा संशोधन


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनले सातै प्रदेशमा सभा गर्न यसअघिको निर्णय संशोधन गरेको छ ।

नेपाली कांग्रसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले यसअघिको निर्णय संशोधन गरेको हो । सभा वैशाख २३ गते दिनको १ बजे काठमाडौँमा गर्ने निर्णय भएको सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त सभालाई गठबन्धनका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने कार्यक्रम छ । अन्य चुनावी सभाहरू आवश्यकता अनुसार गठबन्धनका दलहरूले स्थानीय तहमै गर्ने गरी कार्यक्रम तय गर्न सक्ने समितिले निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : १७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म