काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल तेब्बर मतान्तरले विजयी, कति ल्याइन् मत ? | Khabarhub Khabarhub

काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल तेब्बर मतान्तरले विजयी, कति ल्याइन् मत ?


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका सुनिता डंगोल झण्डै तेब्बर मत ल्याएर विजयी भएकी छिन् ।

डंगोलले ६८६१२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादीं) का रामेश्वर श्रेष्ठले डंगोलको भन्दा झण्डै एक तिहाइ अर्थात् केबल २३८०५ मत मात्र ल्याउन सफल भए ।

तेस्रो स्थानमा रहेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १३६१५ मत पाइन् । त्यस्तै, चौथो स्थानमा आएकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी विनिता मगैयाले १२१४१ मत प्राप्त गरिन् ।

काठमाडौँ महानगरमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । यसअघि नै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरतर्फ सुनिता डंगोल विजयी भइसकेका छन् ।

यद्यपि काठमाडौंको औपचारिक मत परिणाम भने शुक्रबारमात्र आउने जनाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १२ : ०१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन