तिलोत्तमा कांग्रेस विजयी « Khabarhub

तिलोत्तमा कांग्रेस विजयी


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई झिनो मतले पराजित गर्दै खाण विजयी भएका हुन् । उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरेका थिए । ७६५ मतको अन्तरले खाण विजयी भएका हुन् । उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरदेवी चौधरी विजयी भएकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हेमन्त पाण्डेलाई ११ हजार मतान्तरले पराजित गर्दै चौधरी विजयी भएकी हुन् ।

कांग्रेसका रुपन्देही जिल्ला सभापति समेत रहेका गृहमन्त्री बालकृष्ण खांणका सहोदर भाई रामकृष्ण खांण २०७४ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग दुई हजार सातसय मतान्तरले पराजित भएका थिए । ८५ हजार मतदाता रहेको तिलोत्तमामा कुल ६४ हजार ७०७ मत खसेको थियो ।

तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृहनगर हो भने एमाले उपाध्यक्ष विष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हो । तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख सहित १३ वडाअध्यक्ष जितेको थियो ।

यसपटक भने काँग्रेसले नौ र एमालेले सातवटा वडाअध्यक्ष जितेको छ । वडा नं १, ४, ७, १०, ११, १२ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । तिलोत्तमामा कांग्रेस र माओवादीको गठबन्धन थियो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : १९ बजे

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन