म्यारोडोनाको स्मृतिमा विमान संग्रहालय स्थापना | Khabarhub Khabarhub

म्यारोडोनाको स्मृतिमा विमान संग्रहालय स्थापना


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्जेन्टिनाका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा एक विमान अनावरण गरिएको छ ।

यसै वर्ष कतारमा हुने विश्वकपअघि अर्जेन्टिनाको एक कम्पनीले म्याराडोनाको सम्झनामा हवाइजहाज सार्वजनिक गरेको हो ।

ट्यांगो डी१०एस १२ सिटे जहाजलाई अर्जेन्टाइन फिनटेक कम्पनीले पूर्व विश्वकप विजेता म्याराडोनाको स्मृतिमा विमान संग्रहालय बनाएको हो।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ह्रदयघातका कारण निधन भएको थियो ।

ट्यांगो डी१०एसमा म्याराडोनाको संग्राहलय बनाइएको छ । जसमा म्याराडोनसँग सम्बन्धित वस्तुहरु राखिएको छ ।

विमानको बाहिरी आवरणमा म्याराडोनाले विश्वकपको उपाधि चुमिरहेको तस्विर राखिएको छ । विमानको पछाडीको भागमा पनि म्याराडोनाको अनुहार छ ।

यस्तै, विमानको दुई पंखामा म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध गरेका दुई गोल ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ दी सेन्चुरी’ गर्दाको तस्विर राखिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ८ : ४१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर