म्यारोडोनाको स्मृतिमा विमान संग्रहालय स्थापना « Khabarhub

म्यारोडोनाको स्मृतिमा विमान संग्रहालय स्थापना


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्जेन्टिनाका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा एक विमान अनावरण गरिएको छ ।

यसै वर्ष कतारमा हुने विश्वकपअघि अर्जेन्टिनाको एक कम्पनीले म्याराडोनाको सम्झनामा हवाइजहाज सार्वजनिक गरेको हो ।

ट्यांगो डी१०एस १२ सिटे जहाजलाई अर्जेन्टाइन फिनटेक कम्पनीले पूर्व विश्वकप विजेता म्याराडोनाको स्मृतिमा विमान संग्रहालय बनाएको हो।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ह्रदयघातका कारण निधन भएको थियो ।

ट्यांगो डी१०एसमा म्याराडोनाको संग्राहलय बनाइएको छ । जसमा म्याराडोनसँग सम्बन्धित वस्तुहरु राखिएको छ ।

विमानको बाहिरी आवरणमा म्याराडोनाले विश्वकपको उपाधि चुमिरहेको तस्विर राखिएको छ । विमानको पछाडीको भागमा पनि म्याराडोनाको अनुहार छ ।

यस्तै, विमानको दुई पंखामा म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध गरेका दुई गोल ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ दी सेन्चुरी’ गर्दाको तस्विर राखिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ८ : ४१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन