लमजुङ जिससमा कांग्रेस-माओवादी मिले पनि एमालेको एकल बहुमत « Khabarhub

लमजुङ जिससमा कांग्रेस-माओवादी मिले पनि एमालेको एकल बहुमत


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा स्थानीय तह निर्वाचन मतपरिणाम अनुसार जिल्ला समन्वय समितिमा नेकपा एमालेको एकल बहुमत देखिएको छ । आठ स्थानीय तहको परिणामअनुसार एमालेको प्रमुख र उपप्रमुखको संख्या बढी छ ।

एमालेबाट बेसीशहर, मर्स्याङदी र क्होलासोँथारमा पालिका प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरी जिससका लागि ६ मत पक्का गरेको छ भने दोर्दीमा अध्यक्ष, सुन्दरवजार र मध्यनेपालमा उपप्रमुख पदमा जित हासिल गरी थप तीन मत रहेको छ ।

नेपाली कांग्रेसले राईनास, सुन्दरबजार, मध्यनेपाल र दुधपोखरी गरी जिल्लाका चार स्थानीय तहमा पालिका प्रमुखमा जित हासिल गरी चार मत पक्का गरेको छ भने दोर्दीमा उपाध्यक्ष पदमा जितेर थप एक मत पक्का गरेको छ ।  नेकपा माओवादी केन्द्रको तर्फबाट राईनास र दुधपोखरीमा पालिका उपप्रमुख पदमा जित हासिल गरी जिसस निर्वाचनका लागि दुई मत बनाएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचन प्रावधान अनुसार लमजुङमा १६ मत भार रहेको छ । निर्वाचन कार्यविधि अनुसार आठ स्थानीय तहका प्रमुख र उपप्रमुख जिल्ला समन्वय समिति निर्वाचनको मतदाता हुनेछन् । जिल्ला समन्वय समितिका लागि १६ मतमध्ये नौ मत नेकपा एमालेको रहेको छ भने कांग्रेसको पाँच मत र नेकपा माओवादीको दुई मत छ ।

कांग्रेस माओवादीबीच तालमेल भएमा पनि जिल्ला समन्वय समितिमा एमाले नै बलियो हुनेछ । जिल्ला समन्वय समितिका निर्वाचनका लागि सम्भावना बढेसँगै एमालेबाट आकांक्षी बढ्न थालेका छन् । स्थानीय तहको कुनै एक पदमा निर्वाचित व्यक्तिले मात्रै जिसस निर्वाचनमा उम्मेदवार बन्न पाउने प्रावधान छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १० : ५५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी