‘कबड्डी’ स्पिन-अफमा बमकाजीको कथा « Khabarhub

‘कबड्डी’ स्पिन-अफमा बमकाजीको कथा


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘कबड्डी ४ : द फाइनल म्याच’ आज देखि प्रदर्शनमा आएको छ । कबड्डीबाट सुरु भएको कथालाई बिट मार्ने सोचले यसलाई द फाइनल म्याच भनिएको छ ।

फिल्म काजी, बमकाजी र शान्तिको वरपर घुमेको छ । काजीको विवाह भएको छैन । तर, यसपटक उनलाई शान्ति मिसले मन पराउँछिन् । बरु, काजी आफै तर्किएका छन् । शान्तिले काजीलाई माया बुझाउदै गर्दा त्यहाँ भिलेन बनेर आँउछन्, बमकाजी । यही तीन पात्र बीचको प्रेम कबड्डी नै फिल्म हो । कबड्डीमा देखाउँदै आइएको काजीको प्रेमलाई यही सकाउने भएपछि निर्देशक रामबाबु गुरुङले ‘मास्टर बमकाजी’ बनाउने भएका छन् । 

‘कबड्डी ४’को क्रेडिट लाइनमार्फत फिल्मको नयाँ श्रृंखलाबारे खुलासा भएको हो । निर्देशक रामबाबु गुरुङले  ‘मास्टर बमकाजी’लाई कबड्डी सिरिजको पहिलो ‘स्पिन-अफ’ भएको बताए । अर्थात् यही परिवेशको कथामा अब बमकाजीको मात्र कथा देखाइने छ । जहाँ काजीको केमियो हुनेछ । ‘कबड्डी’ सिरिजमा बमकाजीको भूमिका सौगात मल्लले निर्वाह गरिरहेका छन् ।

के हो स्पिन-अफ ?

पछिल्लो समय मेकर्सहरु आफूले स्थापित गरेको ब्रान्ड भन्दा बाहिर जाने पक्षमा देखिदैनन् । हलिउडमा मार्भल, डिज्ने, वार्नर ब्रोज जस्ता स्टुडियोले आफ्नो छुटै सिनेम्याटिक युनिभर्स बनाएका छन् । जहाँ देखिने पात्रको आफ्नै कथा छ । परिवेश उही तर पात्रको कथालाई ‘स्पिन -अफु भन्ने गरिन्छ । सरल भाषामा भन्ने हो भने अहिले एभेन्जर्सको स्पिन-अफ हल्क, आइरन म्यान, क्याप्टेन अमेरिका हुन् । तर, यी फिल्महरू अगाडि आएका थिए । हालै मार्भलले बनाएका हकआई, लोकी, ब्ल्याक विडो स्पिन-अफ हुन् ।

जहाँ एभेन्जर्सकै परिवेशमा पात्र विशेषको कथा देखाइएको छ । बलिउडमा पनि बेबी बनाएपछि निर्देशक निरज पाण्डेले ‘नाम शबाना’ नामक फिल्म बनाएका थिए । यी स्पिन – अफका उदाहरणहरू हुन् । हालै पनि निरज पाण्डेले आफ्नो सिरिज ‘स्पेसल ओप्स १.५’ बनाएका थिए । जुन ‘स्पेसल ओप्स’ को हिम्मत सिंह क्यारेक्टरलाई लिएर बनाइएको हो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ०१ बजे

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण